ललितपुरमा ५ जनाको मृत्यु हुनुमा प्रहरीको यस्तो छ प्रारम्भीक भनाइ
कोञ्ज्योसोम । ललितपुर जिल्लामा एउटै परिवारका ५ जनाको सुतेकै ठाउँमा मृत फेला परेका छन् ।
कोञ्ज्यसोम गाउँपालिका–४ नल्लु बस्ने ५५ वर्षीया काईली स्याङ्तानसहित उनका परिवारका अन्य ४ जना सोमबार बिहान सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
काईली स्याङतानको घरमा अबेरसम्म ढोका नखोलेको भनि छिमेकीले हेर्दा उनका परिवारका ६ जना सदस्यहरू अचेत अवस्थामा फेला परेको भन्ने सूचना पाउनसाथ प्रहरी घटनास्थल पुगेको थियो ।
महानगरीय प्रहरी वृत्त चापागाउँ र ईलाका प्रहरी कार्यालय कोञ्ज्योसोमबाट खटिएको प्रहरीले काईली तामाङ, उनकी कान्छी बुहारी २३ वर्षीया सुम्मा स्याङ्तान, कान्छो छोरा सुवास स्याङ्तानको २ दिनको नवजात शिशु छोरा, माइलो छोराको ९ वर्षीय छोरा आशिष स्याङ्तान, माइलो छोराको छोरी ७ वर्षीया आस्मा स्याङ्तानलाई मृत अवस्थामा फेला पारेको जनाएको छ ।
अचेत अवस्थामा फेला परेका २२ वर्षीय सुवास स्याङ्तानको गणेशमान सिंह अस्पतालमा उपचार भइरहेको छ ।
नल्लुमा एकै परिवारको पाँच जनाको मृत्यु हुनुको कारण कार्बन पोइजनिङ हुनसक्ने अनुमान प्रहरीको छ ।
महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहका अनुसार घटनास्थलमा पुगेका पाटन अस्पतालका फरेन्सिक विज्ञले कार्बन पोइजनिङका कारण मृत्यु भएको प्रारम्भीक जानकारी दिएका छन् ।
निसास्सिएर मृत्यु हुनुलाई मेडिकलको भाषामा कार्बन पोइजनिङ भनिन्छ । भर्खर बनाएको घरको झ्याल खुला भएकाले बोरा लगाएर उनीहरू सुतेको अनुमान छ ।
धुँवा राम्रोसँग बाहिर निस्किन नपाएको र पाँच जनाको मृत्यु भएको हुन सक्ने प्रहरी भनाइ छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया