‘साँढे’ मन्त्री आले र सचिव न्यौपानेको जिल पर्ने ‘कीर्ते काण्ड’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र सचिव महेश्वर न्यौपानेले ‘कीर्ते’ कार्य गरेको भनेर मन्त्रालयमा चर्चा चलेको छ ।

मन्त्री आलेले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा प्रदीप अधिकारीलाई नियुक्त गरेको पत्र र मन्त्रिपरिषदको निर्णयमा तालमेल नमिलेपछि कीर्ते काण्ड बाहिर आएको हो ।

सह–सचिव टोकराज पाण्डेद्वारा अधिकारीलाई दिइएको नियुक्तिसम्बन्धी पत्रमा ‘नेपाल सरकार (मन्त्रिपरिषद)को मिति २०७८/१०/१७ को निर्णयानुसार नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा १९ बमोजिम नेपाल नागरिक उड्डयन प्राधिकरणको रिक्त महानिर्देशक पदमा चार वर्षका लािग तपाईलाई नियुक्त गरिएको छ’ भनेर उल्लेख छ ।

माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेका मुख्य निर्णयहरू भनेर सार्वजनिक गरिएको छ ।

पर्यटन मन्त्रालयको सूचीमा प्राधिकरणमा अधिकारीलाई महानिर्देशकमा नियुक्त गरेको निर्णय नै छैन ।

सो दिन पर्यटन मन्त्रालयको प्रस्तावमा ‘सफा हिमाल अभियान, २०२२ मा खटिने नेपाली सेनाका सदस्यहरू हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर र गारवेज धरौटी बापतको रकम छुट दिने’ निर्णय भएको उल्लेख छ ।

अति गोप्य बाहेकका राजनीतिक निर्णय र नियुक्तिलाई तत्काल सार्वजनिक गर्ने गरिएको छ ।

सोही दिन माघ १७ गते समिरजंग शाहलाई नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा नियुक्त गरेको निर्णयमा उल्लेख छ ।

तर, अधिकारीलाई प्राधिकरणमा महानिर्देशक बनाएको निर्णय नै उल्लेख छैन ।

त्यो दिनको मन्त्रिपरिषदमा प्राधिकरणको महानिर्देशकमा अधिकारीलाई नियुक्त गर्ने प्रस्ताव नआएको एक मन्त्रीले बताएका छन् । मन्त्री आलेकै पार्टीको मन्त्रीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘त्यो दिन प्रदीप अधिकारीलाई प्राधिकरणको महानिर्देशकमा नियुक्ति गर्ने प्रस्ताव नै आएन । मलाई थाहा छैन ।’

मन्त्रिपरिषदको बैठक बस्नुभन्दा अगाडि नै मन्त्रालयका एजेण्डाहरू मन्त्रीलाई वितरण गर्ने गरिन्छ ।

मन्त्रीहरूलाई वितरण गरिएको एजेण्डामा अधिकारीलाई प्राधिकरणको महानिर्देशकमा नियुक्ति गर्ने प्रस्ताव मन्त्री आलेले नलगेर चोरबाटो (कीर्ते) छिराएको चर्चा मन्त्रालयमा छ ।

प्राधिकरणको महानिर्देशक अधिकारीलाई बनाउन ठूलो आर्थिक चलखेल भएको आरोप पनि छ । अधिकारीविरुद्ध अन्यायमा परेका महानिर्देशक राजकुमार क्षेत्री सर्वोच्च अदालत गएका छन् ।

सर्वोच्चले क्षेत्रीलाई महानिर्देशकमा काम गर्न दिनुभनेर आदेश दिएको छ । मन्त्री आले, सचिव महेश्वर न्यौपाने र अधिकारीको सेटिङमा क्षेत्रीलाई हाजिर हुन दिइएको छैन ।

आफ्ना कर्मचारीहरूलाई साँढे भनेर चर्चामा आएका मन्त्री आलेले व्यापारीलाई धम्काउने, व्यवसाय बन्द गर्ने जस्ता हर्कत गरेर विवादमा आउने गरेका छन् । आलेका हर्कत र चर्तिकला उचित नभएको कर्मचारीहरूको आरोप छ ।

Published : Monday, 2022 March 7, 4:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया