शेखर समूहले रौतहट कांग्रेसको अधिवेशन भाँड्यो
गौर । नेपाली कांग्रेस रौतहटका अधिवेशनमा विवाद भएपछि निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ ।
शेखर कोइराला समूहले बखेडा झिकेपछि शनिबार मतदान हुने कार्यक्रम प्रभावित बनेको छ ।
मतदातालाई प्रमाणपत्र उपलब्ध नगराइएको भन्दै कोइराला समूहले विवाद झिकेको थियो ।
निर्वाचन समितिले अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थागित भएको जनाएको छ ।
क्षेत्र नम्बर ३ का अधिकांश वडाका प्रतिनिधिहरूले अहिलेसम्म प्रमाणपत्र नपाएको र मतदानमा सहभागी हुन कठिन भएको भन्दै वादविवाद बढेपछि लाइनमा बसेका मतदाताहरूले समेत मतदान गर्न पाएनन् ।
सभापतिका लागि संस्थापन पक्षका जितेन्द्र यादव र शेखर कोइराला समूहबाट हृद्यनारायण यादवले उम्मेदवारी दिएका छन् ।
कोइराला समूहले आफ्नो समर्थकहरूलाई प्रमाणपत्र नदिएकाले मतदानमा भाग लिन समस्या परेको भन्दै विवाद निकालेको थियो ।
सदरमुकाम गौरस्थित जुद्ध माविको प्रांगणमा मतदानको व्यवस्था मिलाइएको थियो ।
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया