देउवा समूहले ठूलो छाती बनाएपछि सभापतिमा खनालको भाग्य खुल्यो
भरतपुर । नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल सर्वसम्मत भएका छन् ।
कोइराला–पौडेल समूहका हुन् खनाल । दोस्रो चरणको प्रतिस्पर्धामा रहेका मिलनबाबु श्रेष्ठले समर्थन गरेका कारण खनाललाई बिना मतदान सभापति घोषणा गरिएको हो । श्रेष्ठ सभापति शेरबहादुर देउवा निकटका हुन् ।
देउवा समूहले दोस्रो चरणको मतदानमा नगइकन ठूलो छाती बनाएर सहयोग गरेपछि खनाल सभापतिमा सर्वसम्मत भएका हुन् ।
चितवन कांग्रेसको सभापति पदका लागि बिहीबार पाँच जनाले मनोनयन दायर गरेका थिए ।
शुक्रबार भएको निर्वाचन परिणाममा कुनै पनि उम्मेवारले ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणको मतदान शनिबारका लागि तय भएको थियो ।
पहिलो चरणमा खनालले ७४६ र श्रेष्ठले ६६२ मत पाएका थिए ।
सभापतिमा उत्तम जोशी, सूर्यकान्त खनाल र कैलाश कोइराला पनि प्रतिस्पर्धामा थिए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया