देउवा समूहले ठूलो छाती बनाएपछि सभापतिमा खनालको भाग्य खुल्यो
भरतपुर । नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल सर्वसम्मत भएका छन् ।
कोइराला–पौडेल समूहका हुन् खनाल । दोस्रो चरणको प्रतिस्पर्धामा रहेका मिलनबाबु श्रेष्ठले समर्थन गरेका कारण खनाललाई बिना मतदान सभापति घोषणा गरिएको हो । श्रेष्ठ सभापति शेरबहादुर देउवा निकटका हुन् ।
देउवा समूहले दोस्रो चरणको मतदानमा नगइकन ठूलो छाती बनाएर सहयोग गरेपछि खनाल सभापतिमा सर्वसम्मत भएका हुन् ।
चितवन कांग्रेसको सभापति पदका लागि बिहीबार पाँच जनाले मनोनयन दायर गरेका थिए ।
शुक्रबार भएको निर्वाचन परिणाममा कुनै पनि उम्मेवारले ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणको मतदान शनिबारका लागि तय भएको थियो ।
पहिलो चरणमा खनालले ७४६ र श्रेष्ठले ६६२ मत पाएका थिए ।
सभापतिमा उत्तम जोशी, सूर्यकान्त खनाल र कैलाश कोइराला पनि प्रतिस्पर्धामा थिए ।
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया