तरुण दलको अध्यक्षमा क–कसको दाबी ?

काठमाडौं । नेपाल तरुण दलको अध्यक्षमा युवा नेताहरूको दाबी पर्न थालेको छ ।

जितजंग बस्नेत अध्यक्ष रहेका बेलाका उपाध्यक्ष उत्तम चापागाइँ र कोषाध्यक्ष विद्वान गुरुङले पनि अध्यक्ष पदमा दाबी गरेका छन् । उनीहरूले तरुण दलको अध्यक्ष दाबी गर्नु स्वभाविक पनि छ ।

चापागाइँ नेता कृष्णप्रसाद सिटौला निकट मानिन्छन् । गुरुङ सभापति शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाण निकट मानिन्छन् ।

तरुण दलको अध्यक्ष ताक्नेमा नेविसंघका पूर्व नेताहरू पुष्पकुमार शाही, सरोज थापा, शुभराम बस्नेतले पनि रहेका छन् ।

Published : Thursday, 2022 March 3, 6:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया