नेविसंघको अध्यक्षमा शेर्पा र जोशीबीच प्रतिस्पर्धा, को–को छन् आकांक्षी ?

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्ष बन्न आधा दर्जनभन्दा धेरै नेताहरूले आकांक्षा देखाएका छन् ।

नेविसंघ विघठन भएपछि अध्यक्ष बन्न विद्यार्थी नेताहरूले दौडधुप गरेका हुन् ।

अध्यक्ष बन्न दुजाङ शेर्पा, प्रेमराज जोशी, मेघा शाही, प्रेम शाहीलगायतका नेताहरूले दाबी गरेका छन् ।

दुर्जाङ शेर्पा सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । शेर्पालाई आरजु राणाको पनि समर्थन छ ।

प्रेमराज जोशी नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत निकट मानिन्छन् ।

नेता शेखर कोइराला निकट मानिने शिव रिमालले पनि अध्यक्षमा दाबी गरेका छन् । केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले निरञ्जन थापालाई नेविसंघको अध्यक्षमा अगाडि सारेका छन् ।

सागर परियारले पनि अध्यक्षमा दाबी गरेका छन् । परियार पूर्व महामन्त्री डा. शशांक कोइराला निकट मानिन्छन् ।

सुशील भट्टले पनि नेविसंघको अध्यक्ष बन्न च्याखे दाउँ राखेर बसेका छन् । भट्ट नेता कृष्णप्रसाद सिटौला निकटका मानिन्छन् ।

Published : Thursday, 2022 March 3, 6:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया