एमसीसी पारित भएपछि चीनको सतर्कतापूर्ण टिप्पणी, घुमाउरो भाषामा नेपाललाई धम्की
काठमाडौं । नेपालको संसदबाट पारित भएको एमसीसीका विषयमा सतर्कतापूर्ण टिप्पणी गरेको छ ।
सोमबार चिनियाँ विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वनबिनले नेपालको संसदबाट पारित एमसीसीसँगै व्याख्यात्मक घोषणाको अध्ययन भइरहेको जनाएका छन् । उनले चीनले नेपाली जनतालाई स्वाधीन रुपमा विकास बाटो छनोट गर्न निरन्तर समर्थन दिने बताए ।
प्रवक्ता वाङले एमसीसीभन्दा नेपालकै संविधानमाथि हुने विश्वास लिएको बताएका छन् ।
‘चीनले नेपालको संसदबाट एमसीसीसँगै पारित गरेको व्याख्यात्मक घोषणा पत्र देखेको छ’, उनले भने, ‘अन्तर्राष्ट्रिय विकास र सहकार्यले पारस्परिक समानता र समानताको सिद्धान्तको पालना गर्नुपर्ने, सम्बन्धित मुलुकको सर्वभौमिकता र जनताको इच्छालाई सम्मान गर्नुपर्ने, अरु मुलुकको आन्तरिक मामिलाको हस्तक्षेप गर्न नहुने, कुनै पनि राजनीतिक पूर्वशर्त नथप्ने, आफ्नो हितका लागि अरु मुलुकको सर्वभौमिकता र हितलाई हानी नपुर्याउनुपर्ने कुरामा चीनले धेरै पटकमा जोड दिँदै आएको छ ।’
प्रवक्ता वाङले नेपाली संसदले अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन सम्झौता अनुमोदन गर्ने क्रममा व्याख्यात्मक घोषणा पत्र सार्वजनिक गरेको पनि जानकारीमा आएको उल्लेख गरेका छन् ।
‘नेपाली संसदको व्याख्यात्मक घोषणा अनुसार नेपालको संविधानको प्रभाव एमसीसीभन्दा उच्च हुन्छ’, उनले भने, ‘एमसीसीका कारण अमेरिकाको हिन्द प्रशान्त रणनीतिको सैन्य र सुरक्षा गठबन्धन नेपाल बन्नेछैन ।’
‘नेपालले एमसीसी समस्यामा मात्रै अमेरिकाको नीति र कानूनलाई सम्मान गर्नेछ’, चीनले भनेको छ, ‘नेपालमा अमेरिकाको कारवाही नेपालको कानूनद्वारा नियन्त्रण र अनुगमन गरिनेछ भन्ने जानकारी हामीले पाएका छौँ ।’
अन्तर्राष्ट्रिय विकास र सहकार्यले पारस्परिक समानता र समानताको सिद्धान्तको पालना गर्नुपर्ने, सम्बन्धित मुलुकको सर्वभौमिकता र जनताको इच्छालाई सम्मान गर्नुपर्ने, अरु मुलुकको आन्तरिक मामिलाको हस्तक्षेप गर्न नहुने, कुनै पनि राजनीतिक पूर्वशर्त नथप्ने, आफ्नो हितका लागि अरु मुलुकको सर्वभौमिकता र हितलाई हानी नपुर्याउनुपर्ने कुरामा चीनले धेरै पटकमा जोड दिएको उनले बताएका छन् ।
चिनियाँ प्रवक्ता वाङले नेपालको मैत्रीपूर्ण छिमेकी र विकास साझेदारका रुपमा चीनले नेपाली जनतालाई स्वाधीन रुपमा विकास बाटो छनौट गर्न निरन्तर समर्थन दिने जनाएका छन् ।
चीनले नेपालमा एमसीसी आएको रुचाएको छैन । एमसीसी रोक्न विभिन्न अड्चनहरू चीनले गरेको आरोप छ । चीनले अमेरिकाको हिन्द प्रशान्त रणनीतिको सैन्य र सुरक्षा गठबन्धन नेपाल बन्न नहुने भनेर घुमाउरो भाषामा चेतावनी दिएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया