यी हुन् देउवाको असली ‘अर्जुन’, अड्चन पार गरेर सफल भयो कांग्रेसको सरकार
काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्काउन विभिन्न तत्वहरू सक्रिय भएका थिए । तर, त्यो त्यो तत्वलाई असफल बनाउन कांग्रेसकै नेताहरू सफल भएका छन् ।
गृहमन्त्री बालकृष्ण खाण प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्ध बचाउन सबैभन्दा धेरै इमान्दारिताका साथ लागेका थिए । खाणले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख अग्निप्रसाद सापकोटासहितका नेताहरूसँग निन्तर सम्वादमा रहेका थिए । गठबन्धन भत्काउन कांग्रेसभित्रकै केही नेताहरू लागेका थिए ।
एमालेका अध्यक्ष खड्गप्रसाद ओली पनि कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर आफू प्रधानमन्त्री बन्ने योजनमा थिए । ओलीको योजना पूरा हुन खाणले नदिएका हुन् ।
खाण आफ्नो पदीय जिम्मेवारीका कारण बोल्न मिल्दैन । तर, खाणकै कारण कांग्रेस नेतृत्वको गठबन्धन बचेको छ । एमसीसी पनि पारित भएकोछ । अब देशको विकास हुनेछ ।
खाणले एमसीसीलाई मध्यमार्गी बाटोबाट पास गरेर कांग्रेस नेतृत्वको गठबन्धनलाई बचाउन सबैभन्दा ठूलो भूमिका भित्रभित्रै खेलेका थिए ।
प्रधानमन्त्री देउवा सफल हुँदा मात्रै देश र कांग्रेसले सफलता पाउने खाणको बुझाइ थियो । सोही कारण देउवालाई सफल बनाउन खाणले माओवादी र माधव नेपालसँग विभिन्न नेताहरूमार्फत सम्वादहरू गरेर एमसीसीलाई बीचको बाटोबाट पारित गराएका छन् ।
हुन त कांग्रेसका केही स्वघोषित युवा नेताहरूले एमसीसीलाई संसदबाट पारित गराउन भूमिका खेलेको दाबी गर्ने गरेका छन् । उनीहरूको भन्दा ठूलो भूमिका खाणको छ ।
खाण सञ्चारमाध्यम र सामाजिक सञ्जालमा धेरै सक्रिय छैनन् । तर, सभापति एवम् प्रधानमन्त्री देउवालाई सफल बनाउन खाणले जुनसुकै हदसम्म सहयोग गर्छन् ।
गृहमन्त्री खाण प्रधानमन्त्री देउवाका ‘अर्जन’ अर्थात ‘सारथी’ हुन् । खाणले साथ नदिने हो भने देउवालाई सफलता पाउन गाह्रो हुने चर्चा पनि गर्ने गरिन्छ । देउवाकै कारण महामन्त्रीको दाबेदार हुँदाहुँदै खाणले बिषलाई घाँटीमा राखेर १४औँ महाधिवेशनमा ठूलो भूमिाका खेलेका थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया