दलबलसहित ओलीको शरणमा पुगे प्रचण्ड, फेरि मिलेर जान प्रस्ताव
काठमाडौं । एमाले र माओवादी केन्द्रबीच एमसीसीका विषयमा छलफल भएको छ ।
बिहीबार नयाँ बानेश्वरमा एमालेका अध्यक्ष खड्गप्रसाद ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका दोस्रो तहका नेताहरूबीच वार्ता भएको छ ।
दाहालले ओलीसँग एमसीसीलाई अनुमोदन नगर्न आग्रह गरेको स्रोतले जनाएको छ । तर, ओलीले एमसीसीको विषयमा आफूलाई चासो नरहेको जवाफ फर्काइदिएका छन् ।
माओवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । नेपाली कांग्रेसले गठबन्धनलाई भत्काएर भए पनि एमसीसी पारित गराइ छाड्ने अडानमा पुगेको छ ।
दाहालले ओलीसँग मिलेर जान प्रस्ताव समेत गरेका छन् । आगामी चुनावमा पनि गठबन्धन वा पार्टी एकता गर्न प्रस्ताव गरेको बुझिएको छ ।
एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन गरेर झण्डै दुईतिहाइको बहुमत ल्याएका थिए । आन्तरिक कलहका कारण साढे तीन वर्षमा नै कांग्रेसलाई एमाले र माओवादीले सुम्पिएर पार्टी विभाजन गरेर बसेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया