गृहमन्त्री खाणको आग्रहपछि आन्दोलनकारी विद्यार्थी संयम, क्षति हुन पाएन
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले एमसीसीविरुद्धको आन्दोलनमा संयम हुन विद्यार्थी संगठनका नेताहरूलाई आग्रह गरेका छन् ।
बिहीबार सत्ता गठबन्धनमा आबद्ध दलका विद्यार्थी नेताहरूलाई टेलिफोन गरी संयमतापूर्वक आन्दोलन गर्न आग्रह गरेका हुन् ।
नेकपा (एकीकृत समाजवादी)का निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले गृहमन्त्री खाणले आन्दोलनमा संयमित हुन आग्रह गरेको जानकारी दिए । खाणले कतै पनि क्षति नपुगोस् भनेर सजग रहन भनेको पनि उनले बताएका छन् ।
फागुन ५ गते भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीतर्फ धेरै घाइते भएका थिए ।
नयाँबानेश्वर क्षेत्रका पसल, फुटपाथ र सडकको बीच भागमा बनाइएको हरियाली क्षेत्रमा समेत क्षति पुगेको थियो ।
गृहमन्त्री खाणले समयमा नै विद्यार्थी नेताहरूलाई संयम भएर प्रदर्शन गर्न आग्रह गरेपछि बिहीबारको प्रदर्शनमा अप्रिय घटना हुन पाएन ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया