राजदूतले सातो लिएपछि ओली दौडेर बालुवाटार छिरे
काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओली र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीबीच भेटवार्ता भएको छ ।
मंगलबार भक्तपुरको बालकोटस्थित ओलीको निवासमा भएको भेटमा एमसीसीका विषयमा कुराकानी भएको हो ।
ओली र बेरीबीच एमसीसीसँगको अनुदान सहायता सम्झौताका विषयमा छलफल भएको एमालेले जनाएको छ ।
राजदूत बेरीसँगको भेटवार्तापछि ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका हुन् ।
प्रधानमन्त्री हुँदा ओलीले एमसीसी सम्झौता पारित गर्नुपर्ने बताउँदै आएका थिए । अहिले एमसीसीका विषयमा बोल्न मन गर्दैनन् ।
राजदूत बेरीले ओलीलाई एमसीसी अनुमोदन गर्न दवाव दिएको स्रोतको भनाइ छ ।
Published : Tuesday, 2022 February 22, 10:18 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया