राजदूतले सातो लिएपछि ओली दौडेर बालुवाटार छिरे
काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओली र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीबीच भेटवार्ता भएको छ ।
मंगलबार भक्तपुरको बालकोटस्थित ओलीको निवासमा भएको भेटमा एमसीसीका विषयमा कुराकानी भएको हो ।
ओली र बेरीबीच एमसीसीसँगको अनुदान सहायता सम्झौताका विषयमा छलफल भएको एमालेले जनाएको छ ।
राजदूत बेरीसँगको भेटवार्तापछि ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका हुन् ।
प्रधानमन्त्री हुँदा ओलीले एमसीसी सम्झौता पारित गर्नुपर्ने बताउँदै आएका थिए । अहिले एमसीसीका विषयमा बोल्न मन गर्दैनन् ।
राजदूत बेरीले ओलीलाई एमसीसी अनुमोदन गर्न दवाव दिएको स्रोतको भनाइ छ ।
Published : Tuesday, 2022 February 22, 10:18 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया