कम्युनिस्टले लुटेको राज्यको ढुकुटी कांग्रेसले भर्दै, एमसीसी विरोधी चाइनिज दलालहरुको टाउको दुख्यो

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्र सुधार गर्न खोजेका छन् ।

झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार ढलेपछि कम्युनिस्टले तहस नहस बनाएको मुलुकलाई लयमा फर्काउन देउवाले अनेक प्रयासहरु गरिरहेका छन् । कम्युनिस्टले अर्थतन्त्र धरासयी बनाएर भागेका छन् ।

कम्युनिस्टका तत्कालीन दुईतिहाइको प्रधानमन्त्री खड्गप्रसाद ओलीले मुलुकको अर्थतन्त्र र विकासका कार्यक्रमलाई साढे तीन वर्षमा समाप्त पारेका छन् । ओली र कम्युनिस्टले सिध्याएको ढुकुटीलाई सही ठाउँमा ल्याउनुपर्ने बाध्यता देउवालाई छ ।

साढे तीन वर्षमा कम्युनिस्टहरुले कोरोनाका बेलामा समेत अर्बौंको भ्रष्टाचार गरेका छन् । उनीहरुले देशलाई लुट्नसम्म लुटेका छन् ।

प्रधानमन्त्री देउवाले अमेरिकन सहयोग एमसीसी ल्याएर देशको अर्थतन्त्र सुधारको प्रयासमा छन् । विदेशी सहयोगहरु भित्र्याउन लागेका छन् । तर, विकास विरोधी कम्युनिस्टहरुले देउवालाई असहयोग गरिरहेका छन् । सडकमा उत्रिएर एमसीसीको विरोध गरेका छन् ।

कम्युनिस्टको हर्कतले विदेशी दातृनिकायहरु चिन्तित हुन पुगेका छन् । चीनले समेत एमसीसीको विरोध गरेको छ । नेपालको आन्तरिक विषयमा बोल्ने चीन को हो ? चीन आफ्नो औकातमा बस्नुपर्छ ।

चीनको हण्डी खाएका कम्युनिस्टहरुले सडकमा उत्पात मच्चाएका हुन् । विकास विरोधी दलालहरुले नै एमसीसीको विरोध गरिरहेका छन् । नेपालमा एमसीसी आयो भने चीनलाई सबैभन्दा ठूलो टाउको दुखाइ हुनेछ । सोही कारण चीनले नेपालमा एमसीसी छिर्न दिन चाहेको छैन ।

Published : Sunday, 2022 February 20, 9:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया