एमसीसीबारे गगनको कुराले प्रधानमन्त्री देउवा खुसीले गदगद, कम्युनिस्टहरू धुलोपिठो हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुमोदन हुनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौं बसेको संसदीय दलको बैठकमा सभापति समेत रहेका प्रधानमन्त्री देउवाले अमेरिकी परियोजना एमसीसी अनुमोदन गर्नुपर्ने बताएका हुन् ।

कांग्रेस नेता डा.शशांक कोइरालाले भने, ‘सभापति भन्नुभयो कि एमसीसी पास हुनुपर्छ ।’

डा.कोइरालाले भने, ‘अरु सबैले त्यही बोले कि एमसीसी पास गर्नुपर्छ ।’

बैठकमा एजेण्डा प्रस्तुत गर्दै प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदन गर्नुपर्ने बताएका थिए ।

नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा टेबल गरेर अनुमोदन गर्नुपर्ने निर्णय गरेको छ ।

कांग्रेसले एमसीसीलाई संसदमा अघि बढाउनुपर्नेमा निर्णय गरेको हो । देउवाले सभामुखलाई फोन गरेर आफूले एमसीसी अघि बढाउनुपर्छ भनिसकेको जानकारी गराएका छन् ।

कांग्रेस संसदीय दलले, केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्रिपरिषदले २५ माघ २०७५ मा एमसीसी अनुमोदान सम्झौता संसदमा पेश गर्ने र अनुमोदन भएपछि दातृ निकायलाई जानकारी गराउने निर्णय गरेको र त्यसअनुसार २०७६ असार ३० गते अनुमोदनका लागि संसदमा दर्ता भएको स्मरण गरेको छ ।

त्यसबेला नेकपामा रहेका सांसदहरु अहिले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीमा रहेको भन्दै कांग्रेस महामन्त्री गगन थापाले भने, ‘उहाँहरूको संयुक्त सरकारको मन्त्रिपरिषदबाट पास गरेर दर्ता गराएको प्रस्ताव अनुमोदनका लागि संसदमा प्रस्तुत हुँदै गर्दा एमालेले पनि पक्षमा उभिन्छ, माओवादी पनि पक्षमै उभिन्छ भन्ने विश्वास व्यक्त गरेको छ ।’

Published : Tuesday, 2022 February 15, 2:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया