साँढे मन्त्रीको लज्जास्पद अडियो सार्वजनिक, बर्खास्त हुने सम्भावना (अडियो र भिडियो)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको राजीनामा माग उठेको छ ।

पदीय मर्यादाविपरीत तल्लोस्तरमा छाडा शब्दमा अपहरण, धम्की लगायतको अडियो सार्वजनिक भएपछि एमालेले राजीनामा माग गरेको हो । एमालेका पोलिट ब्युरो सदस्य सूर्य थापाले मन्त्री आलेलाई एकमिनट पनि पदमा बस्ने अधिकार नरहेको बताएका छन् । उनले मन्त्री आलेलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।

‘माधवकुमार नेपालका रोलमोडेल मन्त्रीको एकीकृत समाजवादी पार्टी भाषा श्रमहीन अधोपतनका रूपमा सार्वजनिक भएछ’, थापाले भने, ‘सुन्न पनि नसकिने लाजमर्दो शब्दमा गालीगलोज र अपहरणको धम्की ।’

‘अझ संस्कृति र पर्यटन मन्त्रीको कुर्सीमा रहिकन धेरै वटा कानून एकैसाथ आकर्षित भए/गरेर कारबाही गर्नुपर्ने हरामी अपराधीको निर्लज्ज ढलीमली र उन्माद पोखिएछ’, एमालेका नेता थापाले भनेका छन् ।

‘एक रौं बराबर पनि नैतिक मूल्य, मान्यता र सामाजिक लज्जाको अनुभूति बाँकी छ भने १० बज्दानबज्दै यसलाई बर्खास्त गरियोस्’, थापाले भने, ‘पार्टी फुटाएर मन्त्री हुन भेडाच्याङग्रासरी बिक्री भएका वस्तुले सामाजिक मूल्य र लज्जाको ख्याल गर्न नसक्नु त एकदम स्वभाविक नै हो ।’

‘खासमा जे रोपियो, त्यही त फल्यो एउटा सुझाव– उसको अडियो गठबन्धनका पाँचै मुख्य नेताजीहरू एकै ठाउँ बसेर सुन्ने कष्ट पनि गरियोस्’, उनले भनेका छन् ।

‘श्री माधवकुमार नेपाल महोदय यस्ता बेशरमका व्यक्तिलाई मन्त्रीको कुर्सीमा राखेर पौने तीन करोड सभ्य नागरिकमाथि अझै कति र कस्तो शासन गरिरहनु हुन्छ ? कालो रूमालले मुख छोपेर हिड्न थालिहाल्नुहोस् ।’

पर्यटन मन्त्रालय मातहतका कर्मचारीलाई साँढे भन्ने, व्यापारीहरूको व्यवसाय बन्द गराउने जस्ता हर्कत गर्दै आएका मन्त्री आलेको यो अडियोले उनको असली रुप बाहिर ल्याएको छ ।

पर्यटन बोर्ड, नेपाल नागरिक उड्डयन प्राधिकरण, बतास समूहको धर्मशालामा संविधान र कानून विपरीत हस्तक्षेप गरेका मन्त्री आलेलाई न्यायालयले गालामा झापड दिएर पराजित गरिदिइसकेको छ ।

Published : Tuesday, 2022 February 15, 8:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया