ओलीको आदेश अस्वीकार, बालकोटमा खैलाबैला
काठमाडौं । एमालेका पाँच सांसदहरूले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि अध्यक्ष खड्गप्रसाद ओलीलाई तनाब भएको छ ।
काठमाडौंमा सोमबार बसेको एमालेको संसदीय दलको बैठकमा सांसदहरूको हस्ताक्षर संकलन गरिएको थियो । उनीहरूको यो अडानले ओलीलाई झड्का लागेको छ ।
हस्ताक्षर नगर्ने सांसदहरू घनश्याम भुसाल, भीमबहादुर रावल, दीपकप्रकाश भट्ट, पवित्रा निरौला खरेल र झपटबहादुर रावल छन् ।
केही सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा एमालेले अर्को महाअभियोग प्रस्ताव ल्याउन नहुने धारणा राखेका थिए ।
अध्यक्ष ओली निकटका केही सांसदले काउन्टर महाअभियोग प्रस्तावको पक्षमा बोलेका थिए ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले हस्ताक्षर संकलन गरिएको र आवश्यक ठाउँमा प्रयोग हुने बताएका छन् ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया