साँढे मन्त्री आले र सचिव न्यौपानेको यो हो शक्तिशाली कर्तुत, क्षेत्रीमाथि घोर अन्याय
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र सचिव महेश्वर न्यौपानेले मन्त्रालयभित्र पावरको दुरुपयोगको गरेका एकएक कर्तुतहरू बाहिरिन थालेका छन् ।
आले र न्यौपानेले गरेको अन्याविरुद्ध सर्वोच्च अदालतले समेत बोलेको छ । मन्त्री आले र सचिव न्यौपानेले पुस २३ गतेको सर्वोच्च अदालतको आदेशलाई समेत नमानेको खुलासा भएको छ ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीलाई पदावधी हुँदाहुँदै तीन महिनामै हटाएपछि सर्वोच्च अदालतले उनलाई नहटाउन मन्त्री आले र सचिव न्यौपानेलाई आदेश दिएको हो ।
तर, आले र न्यौपानेले क्षेत्रीलाई महानिर्देशक पदको काममा फर्किन दिएनन् । बरु केही दिन अगाडि प्राधिकरणको महानिर्देशकमा कनिष्ठ प्रदीप अधिकारीलाई नियुक्ति गरेर सर्वोच्च अदालतको आदेशको ठाडो उल्लंघन गरेको रहस्य बाहिर आएको छ । अधिकारभन्दा ६ जना वरिष्ठ छन् । आले र न्यौपानेले वरिष्ठलाई पन्छाएर कनिष्ठ अधिकारीलाई महानिर्देशक बनाएर कानूनको धज्जी उडाएका हुन् ।
‘निवेदकले अन्तरिम आदेश माग गरेको सम्बन्धमा हेर्दा सोसम्बन्धमा दुबै पक्षको उपस्थितिमा छलफल भई टुंगो लगाउन उपयुक्त हुने देखिदा अन्तरिम आदेश छलफलका लािग मिति २०७८/०९/३० गतेको पेसी तोकी सो छलफल सम्बन्धित कागजात सहित उपस्थिति हुन प्रत्यर्थीहरू जनाउ दिनु’, अल्पकालीन आदेशमा भनिएको छ ।
‘उक्त मितिसम्म निवेदकलाई महानिर्देशक पदबाट नहटाउनु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ को उप–नियम २ (ख) बमोजिम यो अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ’, आदेशमा भनिएको छ, ‘आदेशको जनाउ प्रत्यर्थीहरूलाई दिइ नियमानुसा गर्नु ।’
क्षेत्रीले प्राधिकरणको उप–महानिर्देशकको पदबाट उमेर हदका कारण २०७८/०९/२४ गते अनिवार्य अवकास पाएका थिए । उप–महानिर्देशक पदबाट अवकास पाए पनि क्षेत्रीको महानिर्देशक पद यथावत रहेको थियो ।
यस विषयमा मन्त्रालयको धारणा लिन प्रवक्ता डा.टेकराज पाण्डेसँग सम्पर्क गर्दा फोन उठेन ।
यस्तै प्रकृतिको आदेशमा पर्यटन बोर्डका सदस्य सचिव धनञ्जय रेग्मी काममा कार्यरत छन् । तर, क्षेत्रीलाई महानिर्देशक पदमा छिर्न समेत दिइएको छैन । क्षेत्रीले मन्त्री आले र सचिव न्यौपानेविरुद्ध अदालतको आदेश कार्यान्वयन नगरेको भन्दै मानहानी मुद्धा हाल्ने तयारी समेत गरेको बुझिएको छ ।
कनिष्ठ प्रदीप अधिकारीलाई महानिर्देशक बनाउन मन्त्री आले र सचिव न्यौपानेको मिलोमतोमा क्षेत्रीलाई हटाएको आरोप छ । मन्त्री आले र सचिव न्यौपानेले पर्यटन मन्त्रालयमा कर्मचारीहरूलाई निकै दवावमा राखेका छन् । उनीहरूले उच्च तहका कर्मचारी नाजायज दवाव दिएर तनाव दिएको आरोप छ ।
मन्त्री आलेले कर्मचारीहरूलाई साँढे भनेर अपमान समेत गरेका छन् । आलेले व्यापारीहरूलाई धम्काएर आजित बनाएका छन् ।
सस्तो लोकप्रियताका लागि होटेल याक एण्ड यती होटल बन्द गर्नेदेखि बतास समूहको करोडौंको लगानी डुबाउने हर्कत आलेले यसअघि गरिसकेका छन् ।
आलेले क्यासिनोको लाइसेन्स समेत सुटुक्क बाँडेका छन् भने लुम्बिनीको जमीन विनाप्रतिस्पर्धा दिइसकेका छन् ।


बिचार/ब्लग
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया