कांग्रेसका नेताहरूले दिए एकताको सन्देश
काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले स्थानीय तहको निर्वाचन, एमसीसी सहयोग लगायतका विषयमा एकमत जनाएका छन् ।
बिहीबार ललितपुरको सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा धारणा राख्ने नेताहरूले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी बनाउन नेताहरूले आग्रह गरेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।
‘स्थानीय तह, एमसीसी, म्याद समाप्त भएका भ्रातृ एवम् शुभेच्छुक संस्थाहरू, पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरूका सम्बन्धमा धारणा आएको छ’, प्रवक्ता डा.महतले भनेका छन् ।
कांग्रेसका नेताहरूले बैठकमा राखेको अभिव्यक्तिले एकताको सन्देश दिएको प्रवक्ता डा.महतले बताएका छन् ।
शशांक कोइरालाले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने धारणा राखेका छन् । उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने बताएका हुन् ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले पार्टीले आफ्नो अस्तित्वका लागि पनि गठबन्धन गर्न नहुने धारणा राखेको बताए ।
‘अब हामीले आफ्नो अस्तित्व जोगाउनुपर्छ, कोही अर्को पार्टीसँग नमिली जानुपर्छ’, कोइरालाले भनेका छन् ।
गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, शशांक कोइराला, रामशरण महत, सुनिलबहादुर थापा, बलबहादुर केसी, उमा रेग्मी, रमेश रिजाल, नारायण खड्का, जीपछिरिङ लामा र आनन्दप्रसाद ढुंगानाले धारणा राखेका थिए ।
कार्यसम्पादन समितिको बैठक शुक्रबार पनि बस्नेछ । बोल्न बाँकी नेताहरूले धारणा राख्नेछन् ।
बिचार/ब्लग
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया