विन्तीपत्र हालेर शेखर र ‘अक्टोपस’द्वारा प्रचण्डसँग भेट
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।
बिहीबार बिहान नेता कोइरालाले ललितपुरको खुमलटारस्थित निवासमा पुगेर दाहालसँग भेट गरेका हुन् । दाहालसँगको भेटका क्रममा कोइरालाले ‘अक्टोपस’का नामले परिचित अमरेशकुमार सिंहलाई साथमा लिएर गएका थिए ।
नेता सिंहले नै कोइराला र दाहालबीचको भेटवार्ताको समय मिलाएको स्रोतको भनाइ छ । नेता सिंह कांग्रेसको क्षेत्रीय प्रतिनिधिमै पराजित भएका थिए ।
माओवादीका अध्यक्ष दाहालसँग भेट्नका लागि कोइरालाले विन्तीपत्र दर्ता गराएको भनेर सामाजिक सञ्जालमा आलोचना भएको छ ।
कोइरालाले कुन हैसियतले दाहालसँग भेट गरेका हुन् ? केही भनिएको छैन । कांग्रेसका केन्द्रीय सदस्यको हैसियत भएका कोइराला प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएका थिए ।
केही दिन अगाडि पनि कोइरालाले विन्ती पत्र हालेर एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग बालकोटस्थित निवासमा पुगेर भेट गरेका थिए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया