विन्तीपत्र हालेर शेखर र ‘अक्टोपस’द्वारा प्रचण्डसँग भेट

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

बिहीबार बिहान नेता कोइरालाले ललितपुरको खुमलटारस्थित निवासमा पुगेर दाहालसँग भेट गरेका हुन् । दाहालसँगको भेटका क्रममा कोइरालाले ‘अक्टोपस’का नामले परिचित अमरेशकुमार सिंहलाई साथमा लिएर गएका थिए ।

नेता सिंहले नै कोइराला र दाहालबीचको भेटवार्ताको समय मिलाएको स्रोतको भनाइ छ । नेता सिंह कांग्रेसको क्षेत्रीय प्रतिनिधिमै पराजित भएका थिए ।

माओवादीका अध्यक्ष दाहालसँग भेट्नका लागि कोइरालाले विन्तीपत्र दर्ता गराएको भनेर सामाजिक सञ्जालमा आलोचना भएको छ ।

कोइरालाले कुन हैसियतले दाहालसँग भेट गरेका हुन् ? केही भनिएको छैन । कांग्रेसका केन्द्रीय सदस्यको हैसियत भएका कोइराला प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएका थिए ।

केही दिन अगाडि पनि कोइरालाले विन्ती पत्र हालेर एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग बालकोटस्थित निवासमा पुगेर भेट गरेका थिए ।

Published : Thursday, 2022 February 10, 11:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया