उत्पात मच्चाएका ‘साँढे मन्त्री’ आले र सचिव न्यौपाने जेल जान सक्ने, धेरै हर्कत गर्दा दशा बिग्रियो
काठमाडौं । धेरै उत्पात मच्चाएर कर्मचारीहरूविरुद्ध हर्कत गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र सचिव महेश्वर न्यौपानेविरुद्ध मानहानी मुद्धा दायर भएको छ ।
पर्यटन विभागका प्रमुख कार्यकायरी निर्देशक (सीईओ) धनञ्जय रेग्मीले मन्त्री आले, सचिव न्यौपाने, छानविन समितिका संयोजक र सदस्यहरूविरुद्ध मानहानी मुद्धा दर्ता गराएका हुन् । रेग्मीले छानविन समितिमा रहेका चार जना सह–सचिवहरूविरुद्ध मानहानी मुद्धा दिएका छैनन् ।
आले र न्यौपानेले छानविन समितिमा चार जना सह–सचिवहरूलाई राखे पनि नियम कानून विपरीत छानविन समिति बनाएको भनेर उनीहरू अनुपस्थित भएका थिए ।
रेग्मीले सर्वोच्च अदालतमा मंगलबार मुद्धा दर्ता गरेको उनका कानून व्यवसायीले बताएका छन् ।
कानून विपरीत सीईओ रेग्मीलाई हटाउने मन्त्री आलेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्धा चलिरहेको छ । सो मुद्धा चलिरहेका बेला मन्त्री आले र सचिव न्यौपानेले बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालको संयोजकत्वमा छानविन समिति बनाएका थिए ।
सो समितिले सीईओ रेग्मीसँग बयान लिन खोजेको थियो । सर्वोच्च अदालतमा मुद्धा बिचाराधीन रहेका बेला मन्त्री र सचिवले छानविन समिति बनाएर बयान लिन खोज्दा न्यायालयको मानहानी हुनेभन्दै रेग्मीले बयान दिएका थिएनन् ।
मन्त्री आले र सचिव न्यौपानेले धेरै उत्पात गरेर आतंक मच्चाएका बेला उनीहरूविरुद्ध सर्वोच्चमा मानहानी मुद्धा दर्ता भएको छ ।
सो मुद्धामा दोषी ठहर भएमा मन्त्री आले, सचिव न्यौपाने र छानविन समितिका संयोजक र सदस्यहरूलाई जेलसम्मको सजाय हुने कानूनी व्यवस्था छ ।
सीईओ रेग्मीसँग मन्त्री आले नेगेटिभ छन् । रेग्मी नेपाली कांग्रेस समर्थक हुन् । आले कम्युनिस्ट हुन् । आलेले रेग्मीलाई हटाएर सीईओमा आफ्नो मान्छेलाई भर्ती गर्न खोजेपछि लफडा भएको छ ।
मन्त्री आलेले आफ्नो पदीय मर्यादाभन्दा पनि तल्लेस्तरमा उत्रिएर सीईओ रेग्मीलाई साँढे भनेर आलोचना गरेका थिए । मन्त्री जस्तो व्यक्तिले आफ्नो पदीय मर्यादालाई समेत ख्याल गर्न सकेका थिएनन् ।
सीईओ रेग्मी प्रतिप्रर्धा गरेर नियुक्ति पाएका हुन् । रेग्मीलाई कसैले टीको लगाएर सो पद दिएको होइन । रेग्मीले बोर्डमा निकै राम्रा कामहरू गरेका छन् । रेग्मीले गरेका कामहरू मन्त्री आलेलाई मन परेको छैन ।
कोरोना महामारीका बेला राम्रो काम गरेको भनेर अमेरिकाले समेत बोर्डलाई पुरस्कार दिएको छ ।
बिचार/ब्लग
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया