एमसीसी र चुनावमा दवाव बढेपछि दाहाल–नेपालबीच भेटवार्ता
काठमाडौं । एमसीसी र स्थानीय तहको निर्वाचनले मुलुकमा उथलपुथल भएका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।
बुधबार बिहान ललितपुरको खुमलटारमा दाहाल र नेपालबीच भेटवार्ता भएको हो ।
उनीहरूका बीच एमसीसी परियोजना, स्थानीय निर्वाचन, संसद् अवरोध, चुनावी मोर्चालगायत विषयमा छलफल भएको बुझिएको छ ।
एमसीसीको विषयलाई लिएर ५ दलीय गठबन्धनभित्र विभाजन छ । एमसीसी संसदमा पेस गर्ने विषयमा सहमति हुन नसक्दा बुधबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सारिएको छ ।
एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग निकटता बढाइरहेका बेला दाहाल र नेपालबीच भेटवार्ता भएको छ ।
Published : Wednesday, 2022 February 9, 10:01 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया