यी भीआईपी मुसाले जहाजमा फेरि प्वाल पारेर फरार
काठमाडौं । मुसा प्रवृत्तिले परिचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन् ।
महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि निराश र हतोत्साही बनेका थापाले मंगलबार विज्ञप्ति जारी गरेर राप्रपा छाडेका छन् ।
‘अत्यन्त भारि मन तथा पीडावोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु’, थापाले भनेका छन्, ‘३१ वर्ष राप्रपामा रहँदा विताएका क्षणहरूप्रति म सदैव गौरव गरि रहनेछु ।’
उनले भनेका छन्, ‘राप्रपाका कुनै साथीहरुसँग मेरो वैरभाव छैन । सबैको भलो होस् भन्ने कामना गर्दछु ।’
थापा अवसरवादी नेता हुन् । उनले पद पाउन आफ्नै पार्टीको प्रधानमन्त्रीविरुद्ध २०५३ सालमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर सरकार ढालेका थिए ।
थापा सत्ताभन्दा अलि पर बसेर पनि सिद्धान्त, राजनीति, नैतिकता, स्वाभिमान जोगाउनु पर्छ÷जोगाउन सकिन्छ भन्नेहरूका नजरमा चरम अवसरवादी हुन् ।
नेकपा (एमाले)को अवसरवादी चरित्रको टेकोमा १२ चैत ०५३ मा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री निर्वाचित भएका थिए ।
बहुदल प्राप्तिपछि पञ्चायतका हिमायतीले सरकारको नेतृत्व गर्न पाएको यही नै पहिलो अवसर थियो । त्यस सरकारमा थापा आवास तथा भौतिक योजनामन्त्री बनेका थिए ।
१८ असोज ०५४ मा राप्रपाभित्रकै एउटा समूह र कांग्रेसको मिलेमतोमा चन्द सरकारमाथि अविश्वासको प्रस्ताव राखियो । थापाले यसबेला मन्त्रीको झन्डा हल्लाउँदै गएर आफ्नै सरकारविरुद्ध मत हालेका थिए । त्यही दिन चन्दले थापालाई ‘आफैँ सवार जहाजमा प्वाल पार्ने मुसा प्रवृत्ति’को संज्ञा दिएका थिए ।
त्यसको तीन दिनपछि २१ असोजमा राप्रपाकै अर्का नेता सूर्यबहादुर थापाको नेतृत्वमा मन्त्रिपरिषद् गठन भयो । त्यस मन्त्रिपरिषदमा थापा परराष्ट्र र कृषिमन्त्री भएका थिए ।
अहिले आएर राप्रपाका पूर्वअध्यक्ष थापाले पार्टी परित्याग गरेर मुसा प्रवृत्ति देखाएका छन् । लोकतन्त्रमा विश्वास गर्न नसक्ने अनुदारवादी थापाले जनजातीको उदारवादी छोरो राजेन्द्र लिङ्देनलाई अध्यक्ष मान्न सकेनन् । थापाले लिङ्देनविरुद्ध अध्यक्षमा निर्वाचित भएकै दिनदेखि विभिन्न काण्डहरू गर्दै आए ।
थापाले लिङ्देनलाई शुरुदेखि असहयोग गरे । उनले पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध नानाथरी आक्षेप लगाए । संवैधानिक राजसंस्था र हिन्दूराष्ट्रको मुख्य राजनीतिक मुद्धा रहेको राप्रपामा थापाले धेरै काण्डहरू गरेका छन् ।
एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग तालेमल गर्नेदेखि सहयोग गर्नेसम्मका हर्कत थापाले गरेका छन् । थापाको कम्युनिस्टहरूसँग निकै सम्बन्ध छ ।
संविधान निर्माणका बेला थापाले २५ करोड रुपियाँ युरोपियन युनियनसँग खाएर हिन्दूराष्ट्रको एजेण्डा परित्याग गरेको आरोप पनि छ ।
बिचार/ब्लग
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया