कपिलवस्तुमा मेयर र वडाध्यक्षहरूसहित ४ हजार जना कांग्रेसमा प्रवेश
कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाका नगर प्रमुख (मेयर) रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
शनिबार बहादुरगञ्जमा आयोजित विशेष कार्यक्रममा शाह कांग्रेसमा प्रवेश गरेको प्रतिनिधि सभाका सांसद एवम् पूर्व केन्द्रीय सदस्य अभिषेकप्रताप शाहले जानकारी दिए ।
नगर प्रमुख शाहसहित चार हजारभन्दा धेरै नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । शाहसहित कांग्रेस प्रवेश गर्नेहरूमा वडाध्यक्षहरू पनि छन् ।
नगर प्रमुख शाह २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदावारी दिएर विजय भएका थिए ।
नवप्रवेशी नगर प्रमुख शाहले स्वतन्त्र भई काम गर्न कठिनाई भएको बताएका छन् ।
केन्द्रदेखि स्थानीय तहसम्म विभिन्न पार्टीका सरकार भएकाले आफू स्वतन्त्र भएर काम गर्न खोज्दा कृष्णनगरको विकासका लागि सहयोग प्राप्त गर्न नसकेको दुखेसो व्यक्त गरेका छन् ।
शाहले नेपालको विकाशील र लोकतान्त्रिक पार्टी कांग्रेस भएको ठहर गर्दै आफू कांग्रेस प्रवेश गरेको बताएका छन् ।
नगर प्रमुख शाहसँगै कृष्णनगर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राममिलन चौधरी, चर्तुभुज कहांरसहित विभिन्न पार्टी परित्याग गरि ४ हजार समर्थक प्रवेश गरेको कांग्रेस कपिलवस्तुले जनाएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्विनी प्रदेशका सभापति अमरसिंह पुन, महामन्त्री सुरेन्द्रराज आर्चाय, प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाह, अतहर कलाम मुसलमान, जिल्ला सभापति अव्दुल कलामसहितका नेताहरूले उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया