लैनचौरमा चाइनिज ‘दलाल’हरूको गोप्य मिटिङ

काठमाडौं । चीन निकट रहेको आरोप खेप्दै आएका माओवादी केन्द्रका नेता एवम् सभामुख अग्निप्रसाद सापकोटा र एमालेका दुई जना नेताहरूबीच गोप्य मिटिङ भएको छ ।

बिहीबार काठमाडौंको लैनचौरस्थित सभामुखको सरकारी निवासमा सापकोटा तथा एमालेका नेताद्वय घनश्याम भुसाल र डा.दीपकप्रकाश भट्टबीच गोप्य भेटवार्ता भएको उच्च स्रोतले जनाएको छ ।

सापकोटा, घुसाल र भट्टबीचको वार्ताका विषयमा उनीहरूले केही पनि भनेका छैनन् । एमालेका नेताद्वय भुसाल र भट्ट पनि चीन निकट मानिन्छन् ।

स्रोतका अनुसार उनीहरूका बीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता कसरी रोक्न सकिन्छ भन्ने विषयमा कुराकानी भएको थियो । सभामुख सापकोटा पनि एमसीसीको विपक्षमा छन् ।

चीनले नेपालमा एमसीसी सम्झौता लागू हुन नदिन विभिन्न चलखेल गर्दै आएको छ । चीनले आफ्ना एजेन्ट र दलालहरूलाई परिचालन गरेर एमसीसी रोक्न खोजिरहेको छ ।

सभामुख सापकोटा र एमालेका नेताद्वय भुसाल र भट्टले आगामी निर्वाचनमा एमाले–माओवादीको सम्भावित गठबन्धनका विषयमा समेत परामर्श गरेका थिए ।

एमालेका सरकार रहेका बेला एमसीसीलाई तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रतिनिधि सभामा दर्ता गराएका थिए ।

एमालेका अध्यक्ष समेत रहेका ओलीले एमसीसीलाई जसरी पनि पारित गराउनुपर्ने भन्दै संसदमा प्रस्ताव टेबुल गरेका थिए ।

Published : Saturday, 2022 February 5, 11:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया