देउवाद्वारा गृहमन्त्री खाणसहित चार टप नेताहरूसँग परामर्श
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाणसहितका मन्त्री र नेपाली कांग्रेसका नेताहरूसँग परामर्श गरेका छन् ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले गृहमन्त्री खाण, सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्रप्रसाद बडू र कांग्रेस संसदीय दलकी सचेक पुष्पा भुसालसँग छलफल गरेका हुन् ।
छलफलमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र संसदको बैठकका विषयमा छलफल भएको बुझिएको छ ।
प्रतिनिधि सभाको बैठक माघको २६ गते बस्दैछ । संसदको बैठकलाई एमालेले अबरोध गर्दै आएको छ । संसद चलाउनेबारेमा कसरी अगाडि बढ्न सकिन्छ भनेर परामर्श भएको बुझिएको छ ।
कांग्रेसले निर्वाचनभन्दा अगाडि नै एमसीसी पास गर्ने पक्षमा छ । एमालेले एमसीसीका विषयमा बोलेको छैन ।
एमसीसीका विषयमा विवाद भएर कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन भत्काउन राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरू लागेका छन् ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया