एमसीसीबारे देउवाको कुरा सुनेपछि दाहाल–नेपाललाई राहत
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले दाहाल र नेपालसँग एमसीसी सम्झौतामा के–के संशोधन गर्नुपर्छ भनेर सोधेका हुन् । देउवाको कुरा सुनेपछि दाहाल र नेपाललाई तनाव भएको छ ।
नेकपा एसका अध्यक्ष नेपालले एमसीसीका विषयमा छलफल भएको जानकारी दिए । उनले भनेका छन्, ‘एमसीसीमा सुधार गर्नुपर्ने कुराहरू के–के छन् भनेर प्रधानमन्त्रीले सोध्नुभयो ।’
‘सुधार गर्नुपर्ने कुराहरू मलाई उपलब्ध गराउनुस्’, देउवाको भनाइ उदृत गर्दै नेपालले भने, ‘देशको हित नहुने कुरा हामी सहमत हुन जरुरी छैन ।’
नेता नेपालले सबै देशसँग राम्रो सम्बन्ध राख्न चाहेको बताएका छन् । आन्तरिक मामिलामा हस्तक्षेप गर्न नदिने उनले बताएका छन् ।
‘नेपालको हित कुठाराघात गर्ने कुनै पनि विषय स्वीकार गर्दैनौं’, अध्यक्ष नेपालले भनेका छन् ।
प्रधानमन्त्री देउवाले एमसीसीमा सुधार गर्नुपर्ने कुराहरू सोधेपछि दाहाल र नेपाललाई थोरै भए पनि राहत मिलेको छ ।
एमसीसीलाई संसदबाट पास गर्ने विषयमा माओवादीका अध्यक्ष दाहाल टाढिएका छन् । एमसीसी ल्याउने पहिलो सम्झौता अमेरिकासँग दाहालले नै गरेका थिए ।
अहिले आएर दाहाल भाग्न खोजेका छन् । एमसीसीलाई लिएर नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन विभाजन हुने सम्भावना बढेको भनेर चर्चा हुन थालेका छन् ।
एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले ५ दलीय गठबन्धन तोड्न हो भने एमसीसी पारित गर्न सहयोग गर्ने आश्वासन दिएका समाचार बाहिर आएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया