ज्ञानबहादुरका अराजक समर्थक र छाडा युट्युबेहरूले काठमाडौंमा रामधुलाई भेटे
काठमाडौं । मजदुरी गरेर सामान्य जीवन विताउनेहरूको घरभित्रको व्यक्तिगत कुरालाई भिडियो बनाएर घर भाँड्दै आएका युट्युबर (युट्युबे) र कथित सामाजिक अभियन्ता ज्ञानबहादुर शाहीका अराजक कार्यकर्ताले काठमाडौंमा रामधुलाई भेटेका छन् ।
आफ्नो जिम्मेवारी र दायर भुलेर सामाजिक सञ्जालमा आतंक मच्चाउँदै आएका दुई वटा युट्युबर र ज्ञानबहादुरका समर्थकले मंगलबार मुख फुट्ने गरि दनक भेटेका हुन् ।
काठमाडौंको सामाखुसीस्थित ट्रिपल स्टार मेनपावरमा जबरजस्ती घुसेर तोडफोड गरि आतंक मच्चाएका युट्युबर र ज्ञानबहादुरका समर्थकलाई मेनपावर सञ्चालक र उनका समर्थकले रामधुलाई गरेका हुन् ।
रामधुलाई भेटेपछि युट्युबर र ज्ञानबहादुरका समर्थक गरि तीन जना घाइते भएका छन् ।
कुटपिटबाट मेचिङ नेपाल च्यानलमा कार्यरत ३४ वर्षीय दीपेशराज पाण्डे, ४२ वर्षीय हरिप्रसाद पाठक र ३५ वर्षीय दशरथ भण्डारी घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् ।
ज्ञानबहादुर शाहीका समर्थकले मनेपावरबाट पीडित भएकाहरूको कुरा मिलाइदिन्छु भनेर दुइटा युट्युबरलाई बोलाएर मनेपावर कम्पनी पुगेका थिए ।
मेनपावर कम्पनीमा पुगेर जथाभावी गालीगलौज गर्दै तोडफोडमा उत्रिएपछि मेनपावर कम्पनीका समर्थकले उनीहरूलाई रामधुलाई गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले मेनपावर कम्पनीसँग कुनै समस्या भए कानूनी उपचार खोज्न सकिनेभन्दै मेनपावर कम्पनीभित्र प्रवेश गरि गालीगलौज गर्ने, तोडफोड गर्ने जस्ता कार्य हुनु निन्दनीय रहेको बताएका छन् ।
श्रेष्ठले युट्युबर र ज्ञानबहादुर शाहीका समर्थक तथा पीडित हौँ भन्नेहरूका कारण घटना भएको भन्दै मेनपावर कम्पनीमा गएर आतंक मच्चाउनेहरूनै घटनाको दोषी रहेको बताए । उनले भने, ‘समस्या छभने न्याय दिन प्रहरी प्रशासन छ । वैदेशिक रोजगार विभाग छ । अदालत छ । आफै नै न्यायाधीश भए जसरी कसैले पनि आतंक मच्चाउनु हुँदैन ।’
घाइतेहरूको बसुन्धारास्थित ग्रिन सिटी अस्पतालमा उपचार भएको छ ।
युट्युबरहरूका पछिल्ला गतिविधिलाई समाजले रुचाएको छैन । प्राङ्कका नाममा होस् वा भ्यु बढाउने बहानामा अश्लील कुरा खिच्ने या परिवारभित्रको कुरालाई सामाजिक सञ्जालमा हालेर युट्युबरहरूले आतंक मच्चाएका बेला काठमाडौंमा रामधुलाई भेटेका छन् ।
कथित अभियन्ता ज्ञानबहादुर शाहीका हर्कत पनि निकै अराजक भएका बेला उनका समर्थकले दनक भेटेका छन् । ज्ञानबहादुर शाहीका हर्कत समाजका लागि घाँडो बनेको चर्चा छ ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया