प्रधानमन्त्री देउवाको आदेशपछि धेरै धुन्धुकारीहरूको खेतीपाती बन्द
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ४ गते स्थानीय तहको चुनाव गर्न तयारी अवस्थामा बस्न निर्वाचन आयोगलाई निर्देशन दिएका छन् ।
मंगलबार बालुवाटार प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीहरूलाई २०७९ सालको जेठ ४ गते निर्वाचनको तयारी गर्न आदेश दिएका हुन् । निर्वाचन एकैचरणमा हुनेछन् ।
प्रधानमन्त्री देउवाले सरकारले छिट्टै स्थानीय तहको मिति घोषणा गर्ने बताएका छन् ।
प्रधानमन्त्री देउवाले कानूनमा संशोधन नगरी जेठ ४ गते स्थानीय निर्वाचन गर्न सहज हुने सहमतिपछि आयोगलाई बोलाएर तयारीमा जुट्न निर्देशन दिएका हुन् ।
स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठ ५ गते सकिँदैछ ।
प्रमुख विपक्षी दल एमाले र उसका कार्यकर्ताले स्थानीय तहको निर्वाचनको मितिलाई लिएर राजनीतिक फण्डा गर्न खोजेका थिए ।
प्रधानमन्त्री देउवाले जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्नेगरि तयारी गर्न आयोगलाई आदेश दिएपछि एमालेको फण्डा चक्नाचुर भएको छ ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया