आयोगद्वारा राप्रपामाथि अन्याय, ‘मुटु–कलेजो’ फाल्न आदेश, हिन्दुको आस्थामा ठेस लाग्यो
काठमाडौं । निर्वाचन आयोगको पत्रले राष्टि प्रजातन्त्र पार्टी (राप्रपा)लाई तनाब भएको छ ।
आयोगले माघ २ गते राप्रपालाई विधानबाट हिन्दू राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन भनेको छ ।
हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था राप्रपाको मुटु कलेजो हो । यो कुरा हटाएपछि राप्रपा भन्ने पार्टी नै रहनेछैन ।
विधानको प्रस्तावनामा रहेको ‘सनातन हिन्दू राष्ट्र एवम् राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम राख्न’ भन्ने वाक्यांश हटाउन आयोगले राप्रपालाई आदेश दिएको छ ।
राप्रपाको झन्डाको मध्य भागमा रहेको गाई चिन्ह पनि हटाउन आयोगले निर्देशन दिएको छ । राप्रपा हिन्दु राष्ट्र र राजसंस्था पुनस्स्थापनाको एजेन्डा बोकेर राजनीति गरिरहेको पार्टी हो ।
‘नेपालको राष्ट्रिय झन्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रंग सिम्रिक, राष्ट्रिय जनावर गाईलगायत राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्बिर वा चिन्ह दललाई प्रदान नगर्ने र कुनैलाई दिइएको भए पुनरावलोकन गर्ने निर्णय भएकाले झन्डाको मध्य भागमा गाई चिन्ह भन्ने वाक्यांश हटाउन हुन’, पत्रमा भनिएको छ ।
संविधानको प्रस्तावना एवम् भावना प्रतिकूल भएको भन्दै आयोगले राप्रपालाई सो कुरा हटाउन भनेको छ ।
राप्रपाका पूर्वअध्यक्ष कमल थापाले आयोगको निर्देशन संविधान र प्रजातान्त्रिक मान्यता विपरीत भएको बताएका छन् ।


बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया