अराजक मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री शर्माको प्रस्ताव, देउवा–उपेन्द्रलाई दवाव
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेणु यादवलाई बर्खास्त नगरेको भन्दै असन्तुष्टि बढेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई दवाव परेको हो । दुबै जनाले मन्त्री यादवलाई हटाउनेभन्दा पनि संरक्षण गरेर राखेको आरोप छ ।
अराजक र हिंसात्मक अभिव्यक्ति दिएकी मन्त्री यादवलाई २४ घण्टाभित्र हटाउनुपर्नेमा संरक्षण गरेर किन राखिएको हो प्रश्न उब्जिएको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समेत मन्त्री यादवलाई बर्खास्त गर्न प्रस्ताव गरेका छन् ।
मन्त्री यादवकै पार्टीभित्र पनि असन्तुष्टि बढेको छ । जसपाका कार्यकारिणी सदस्य इस्तियाक राईले समेत मन्त्री यादवको विरोध गर्दै घुमाउरो भाषामा हटाउन माग गरेका छन् । मन्त्री यादवले दिएको अभिव्यक्तिबारे पार्टीले बोल्नुपर्ने राईले बताएका छन् ।
रौतहटमा माघ ५ गते भएको घटना दुःखद भएको भन्दै मन्त्री यादवका विषयमा पार्टीले तत्काल निर्णय गर्नुपर्ने उनले बताए ।
राईले भनेका छन्, ‘त्यस सम्बन्धमा दुवै पक्ष दोषी छन्, मन्त्री जस्तो गरिमामय पदमा रहेको व्यक्तिबाट त्यस्तो अभिव्यक्ति आउन हुँदैन ।’
‘यादव देशको मन्त्री हुनुहुन्छ, त्यो पदबाट त्यसरी बोल्नु हुन्नथियो, त्यो कुराको ख्याल गर्नुपथ्र्यो’ उनले भने, ‘मन्त्रीज्यूले पदको गरिमाको ख्याल गर्नुपथ्र्यो, त्यहाँ चुक्नुभयो ।’
यसअघि पनि मन्त्रीहरूले यस्ता अभिव्यक्ति दिएका कारण मन्त्री पदबाट हटेका थुप्रै उदाहरण रहेको बताउँदै नेता राईले मन्त्री यादवको हकमा भने पार्टी निर्णयमा भरपर्ने बताए ।
उनले भने, ‘शान्तिपूर्ण तरिकाले कालो झण्डा देखाउनु एउटा कुरा हो, तर मुठभेडमै जाने, तोडफोड गर्ने कार्य गर्न हुँदैनथ्यो ।’
उता, मन्त्री यादवले नैतिकताको आधारमा पदबाट राजीनामा दिनेभन्दा पनि आफ्नो बचाउ गर्दै आएकी छिन् । मन्त्री जस्तो व्यक्तिले आफ्नो पदको गरिमा राख्नुपर्नेमा जसपाको बदनाम हुने गरेर गतिविधि गरेको आरोप छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि मन्त्री यादवको हिंसात्मक अभिव्यक्ति रुचाएका छैनन् ।
महामन्त्री शर्माले मन्त्रीको गैह्र जिम्मेवार अभिव्यक्तिको उपचार तीन विकल्प भनेर विभिन्न सुझावहरू दिएका छन् ।
‘स्वयं व्यक्तिद्वारा भुल स्वीकार र क्षमा याचना । सम्बन्धित दलद्वारा पहलकदमी र राजीनामा । पदीय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त’, महामन्त्री शर्माले भनेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया