देउवा र दाहालबीच वार्ता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र दाहालबीच भेटवार्ता भएको हो । उनीहरूका बीच स्थानीय तह निर्वाचन, कोरोना महामारीलगायतका विषयमा कुराकानी भएको बुझिएको छ ।
देउवा र दाहालले राजनीतिक समन्वय समितिको बैठक बोलाउने निर्णय पनि गरेका छन् । समितिको संयोजक नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल छन् ।
माओवादी केन्द्रका अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले स्थानीय तह निर्वाचनलगायतका विषयमा छलफल गर्न मंगलबार राजनीतिक समन्वय समितिको बैठक बोलाउने सहमति भएको जानकारी दिएका छन् ।
समितिको बैठक मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको छ । सरकारले स्थानीय तहको मिति घोषणा गरेको छैन ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया