कोरोनाविरुद्ध खाने चक्की ‘प्याक्सलोभिड’लाई अमेरिकामा अनुमति
न्युयोर्क । फाइजर कम्पनीले कोरोनाभाइरसविरुद्ध उपचारका लागि खाने चक्की ‘प्याक्सलोभिड’ बनाएको छ ।
कोरोना महामारीले विश्वलाई तहस नहस बनाइरहेका बेला फाइजरले चक्की खाने औषधि बनाएको हो । अमेरिकाको खाद्य तथा औषधि व्यवस्था विभागले फाइजरले बनाएको कोरोनाविरुद्धको चक्कीलाई अनुमति प्रदान गरेको छ ।
१२ वर्षमाथिका व्यक्तिलाई यो चक्की खुवाउन सकिन्छ । कोभिड–१९ पुष्टि भएका बिरामीलाई चक्की खान दिँदा अस्पताल जान नपर्ने र मृत्युवरण पनि गर्न नपर्ने दाबी गरिएको छ ।
‘प्याक्सलोभिड’ चक्कीको प्रभावकारिता ८९ प्रतिशत रहेको दावी छ । फाइजरले ‘प्याक्सलोभिड’ चक्की यस वर्ष १ लाख ८० हजार पूरा मात्रा उत्पादन गर्ने क्षमता रहेको जनाएको छ ।
कोभिड–१९ को लक्षण देखिएको पाँच दिनभित्र खुवाउन शुरु गर्नुपर्छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया