गोरखा कांग्रेसका निवर्तमान सभापति घलेद्वारा उम्मेदवारी घोषणा
काठमाडौं । नेपाली कांग्रेस गोरखाका निवर्तमान सभापति हरि घलेले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
कांग्रेसको १४औँ महाधिवेशनमा घलेले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने जनाएका हुन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर निवर्तमान सभापति घलेले आफूले अल्पसंख्यतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताए ।
सभापति शेरबहादुर देउवाको टिमबाट उनले उम्मेदवारी दिने जनाएका छन् । घलेले कांग्रेसलाई बलियो बनाउन गोरखा जिल्लामा आफ्नोतर्फबाट ठूलो योगदान गरेका छन् ।
व्यक्तिगत स्वार्थभन्दा पार्टी र कार्यकर्ताको सेवामा आफूलाई केन्द्रित बनाउँदै आएका घले केन्द्रीय कार्यसमितिमा बसेर काम गर्ने मौका दिन आग्रह गरेका छन् ।
कार्यक्रममा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, चिनकाजी श्रेष्ठ, सहकारी विभागका सचिव सुरेन्द्र भण्डारीलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया