थानकोटबाट ६८ किलो चाँदीका तयारी गहनासहित भारतीय नागरिक पक्राउ
काठमाडौं । चाँदीका तयारी गरगहनाहरूसहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका–७ थानकोटबाट ६८ किलो २ सय ४४ ग्राम २ सय ४० मिलिग्राम तौलको चाँदीका विभिन्न तयारी गरगहनाहरूसहित भारतको बिहार रक्सौल घर भएका १९ वर्षीय अमन सर्राफलाई सोमबार प्रहरीले पक्राउ गरेको प्रेस विज्ञप्तिमार्फत् जनाएको छ ।
अमनले थानकोट एरियामा विभिन्न किसिमका चाँदीका तयारी गरगहनाहरू भन्सार छली चोरी पैठारी गरी ल्याई अवैध रूपमा बिक्री वितरण गर्ने गरेको सूचना पाउनेवित्तिकै प्रहरी टोली परिचालित भएको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले उनलाई उक्त गरगहनाहरूसहित पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर, काठमाडौं पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया