तस्करीको काठसहित ५ मोटरसाईकललाई भालुबाङ प्रहरीद्वारा नियन्त्रण
मसुरिया । जिल्ला प्रहरी कार्यालय, दाङले राप्ती गाउँपालिकामा काठ चोरी निकासी गर्ने पाँच वटा मोटरसाईकललाई नियन्त्रणमा लिएको जनाएको छ ।
दाङ प्रहरीका प्रहरी नायव उपरीक्षक डा.हेमबहादुर केसीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार मंगलबार राप्ती गाउँपालिका वडा नं. ४ सुन्दरपुरस्थित काठ चोरी तस्करी भइरहेको सूचना प्राप्त हुन साथ परिचालित भएको प्रहरी टोलीले पाँच वटा मोटरसाईकललाई सालको काठसहित नियन्त्रणमा लिएको हो ।
देवीकोटबाट सुन्दरपुरतर्फ आउँदै गरेका मोटरसाईकलहरूलाई साल जानको चिरान काठ १६ पिस अर्थात १४.९८ क्युफिट बराबरको काठसहित मोटरसाईकलहरूलाई नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ ।
इलाका प्रहरी कार्यालय भालुबाङबाट गएको प्रहरी टोलीले भे ६ प १९२०, रा ७ प १८९७, रा ७ प ४०९५, रा ४ प २७४३ र लु ५ प ४९९३ नम्बरको मोटरसाईकलहरूलाई कोठसहित नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक केसीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया