बानियाँले बाग्मती कांग्रेसको सभापतिमा उम्मेदवारी घोषणा गरेपछि साना ‘ग्याङ’भित्र खैलाबैला

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले कांग्रेसको बागमती प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

बिहीबार काठमाडौंमा विशेष कार्यक्रम गरेर बानियाँले कांग्रेसको सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । सभापतिमा उम्मेदवारी घोषणा गरेका बानियाँ सभापति शेरबहादुर देउवा निकटका हुन् ।

उनले बाग्मती प्रदेशमा कांग्रेसलाई बालियो बनाउन आफ्नो उम्मेदवारी रहेको बताए । उनले विकास, उन्नति, रोजगारी लगायतका लागि सभापतिमा उम्मेदवारी दिएको बताएका छन् ।

सभापतिमा उम्मेदवारी घोषणा गरेका बानियाँ नेपाली कांग्रेस बाग्मती प्रदेश सभा संसदीय दलका नेता र मकवानपुर कांग्रेसका सभापति हुन् ।

उम्मेदवारी घोषणा कार्यक्रममा बाग्मती प्रदेशका भौतिक पूर्वाधारमन्त्री कृष्णलाल भँडेल, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’, बहादुरसिंह लामा, भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापा, काभ्रे कांग्रेसका सभापति तीथ लामा, रामेछाप कांग्रेसका सभापति कान्छाराम तामाङ, प्रतिनिधि सभाका सांसद मोहन आचार्य, पूर्वराज्यमन्त्री उदयशम्शेर राणा, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

कांग्रेसको बाग्मती प्रदेश सभापतिमा बानियाँले सभापतिमा उम्मेदवारी घोषणा गरेपछि गुट र उप–गुटहरूभित्र खैलाबैला भएको छ ।

Published : Wednesday, 2021 December 1, 9:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया