यी हुन् सोलुखुम्बु कांग्रेसमा बलबहादुरको चुरीफुरी ढाल्ने शक्तिशाली सभापति
सल्लेरी । नेपाली कांग्रेस सोलुखुम्बुको सभापतिमा नाम्गेलजाङ्बु शेर्पा भारी मतको अन्तरले विजय भएका छन् ।
मंगलबार राति सार्वजनिक भएको दोस्रो चरणको अन्तिम मत परिणामअनुसार सभापतिमा शेर्पा अत्याधिक मतसहित निर्वाचित भएका हुन् । शेर्पा सभापति शेरबहादुर देउवा निकटका हुन् ।
सभापति पदको दोस्रो चरणको निर्वाचनमा ८ सय ९७ मत खसेको थियो । सभापतिमा निर्वाचित शेर्पाले ५ सय १३ मत पाएका छन् ।
सभापतिका अर्का प्रतिद्वन्द्व विनोदकुमार केसी ३७१ मतसहित पराजित भएका छन् । सभापतिमा विजयी भएका शेर्पा र पराजित भएका सभापति केसीबीचको मतअन्तर १४२ थियो ।
सभापतिमा पराजित केसी नेता रामचन्द्र पौडेल समूहका हुन् । उनलाई केन्द्रीय सदस्य बलबहादुर केसीले साथ दिएका थिए ।
सोलुखुम्बुमा ९ सय २३ क्षेत्रीय प्रतिनिधि रहेका छन् । सोलुखुम्बुमा पहिलो चरणको निर्वाचनमा ८ सय ८२ मत खसेको थियो ।
सभापति पदको दोस्रो चरणको निर्वाचनमा १५ मत बढि खसेको थियो । पहिलो चरणमा सभापतिमा रामबहादुर बस्नेतसहित शेर्पा र केसी भिडेका थिए ।
कांग्रेसको विधानअनुसार तीन जनामध्ये कसैले पनि ५१ प्रतिशत मत पाएका थिएनन् ।
त्यसपछि सभापति पदमा पहिलो र दोस्रो मत ल्याएका शेर्पा र केसीबीच प्रतिस्पर्धा भएको थियो ।
देउवा निकटका शेर्पाले सभापतिमा जितेसँगै सोलुखुम्बुमा बलबहादुर केसीको चुरीफुरी अन्त्य भएको छ । सभापति देउवाको सधैँ विरोध र आलोचना गर्दै आएका केन्द्रीय सदस्य केसीलाई सोलुखुम्बुका नेता कार्यकर्ताले केसीलाई औकात देखाइदिएका छन् ।
आफूले सभापतिमा उम्मेदवार बनाएका विनोदकुमार केसी पराजित भएपछि केन्द्रीय सदस्य केसी तनाबमा परेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया