बर्दिया कांग्रेसको सभापतिमा निर्वाचित राठौरको प्यानल विजयी

बर्दिया । नेपाली कांग्रेस बर्दियाको सभापतिमा अरुणप्रताप सिंह राठौर निर्वाचित भएका छन् ।

मंगलबार बिहान सार्वजनिक भएको अन्तिम नतिजाअनुसार सभापतिमा ८८० मतसहित राठौर निर्वाचित भएका हुन् । राठौर सभापति शेरबहादुर देउवा निकटका हुन् । पदाधिकारीमा राठौरको प्यानल नै विजयी बनेको छ ।

रामचन्द्र पौडेल समूहबाट सभापतिमा उम्मेदवार बनेका भुवनेश्वर चौधरी पराजित भएका छन् । चौधरीले ६७८ मत पाएका थिए ।

उप–सभापतिमा गोविन्दप्रसाद थारु र सोदे विष्ट विजयी भएका छन् ।

सचिवमा मीनराज चौधरी र जग्गाप्रसाद पाण्डे निर्वाचित भएका छन् । सह–सचिवमा तिलक लम्साल र मेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।

बर्दिया कांग्रेसमा यसअघि सञ्जयकुमार गौतम सभापति थिए । गौतमले आफ्ना विरोधीहरूलाई ठेगान लगाएका थिए । यस पटक गौतमको समूह नराम्रोसँग पराजित भएको छ । गौतम नेता रामचन्द्र पौडेल समूहका हुन् ।

Published : Tuesday, 2021 November 30, 9:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया