सिन्धुपाल्चोक कांग्रेसमा बस्नेतले पौडेल समूहलाई धुलो चटाए
चौतारा । नेपाली कांग्रेस सिन्धुपाल्चोकमा केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेत समूहको शानदार जित भएको छ ।
सोमबार सम्पन्न दुई वटा प्रतिनिधि सभा क्षेत्रका क्षेत्रीय अधिवेशनहरूको अन्तिम नतिजाअनुसार सभापति शेरबहादुर देउवा निकटका नेता बस्नेत समूहले अधिकांश महाधिवेशन प्रतिनिधिमा कब्जा जमाएको छ ।
सिन्धुपाल्चोकमा नेता रामचन्द्र पौडेल समूह नराम्रोसँग पच्छारिएको छ । जिल्ला सभापति विकास लामाको औकात प्रतिनिधिहरूले देखाइएका छन् ।
क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा आइतमान तामाङ निर्वाचित भएका छन् । तामाङ नेता पौडेल समूह निकटका हुन् ।
क्षेत्र नं. २ मा बस्नेत समूहले २६ महाधिवेशन प्रतिनिधिमा ८ वटामा जित हासिल गरेको छ । बाँकी प्रतिनिधिहरू पौडेल समूहका छन् ।
महाधिवेशन प्रतिनिधिमा प्रत्यक्ष खुलातर्फ वंशलाल तामाङ, विकास लामा, नीमा लामा, बिलबहादुर तामाङ, राजेन्द्रबहादुर गोर्खाली ‘राजु गोर्खाली’, जिमी लामा, नीमा ग्याल्जेन शेर्पा, विकास तामाङ, सागारकुमार श्रेष्ठ, भरत खड्का चयन भएका छन् ।
प्रत्यक्ष महिलातर्फ जमुना मोक्तान तामाङ, करिना पुरी, गंगा चापागाइँ, लक्ष्मी सुनार छन् ।
खस आर्य खुलातर्फ बासुदेव अधिकारी र उद्धव बानियाँ, खस आर्य महिलातर्फ गोपिनी गिरी, आदिवासी जनाजाति खुलामा प्रकाश गुरुङ, श्री लामा र कालिका गोले चयन भएका छन् ।
आदिवासी जनजाति महिलामा सर्वसम्मत रहेकामा रेनुका श्रेष्ठ, सानुमैया, हिमालय, सविता गुरुङ हुन् ।
मधेसी वा थारु वा मुस्लिम वा अल्पसंख्यकबाट शिवहरि नेपाल चयन भएका छन् । नेपाल नेता बस्नेत समूहतिर रहे पनि उनको दोहोरो हर्कतले कुनै पनि टिमले विश्वास गर्न सकेको छैन ।
सिन्धुपाल्चोकको प्रतिनिधिसभा क्षेत्र नं. १ को अधिवेशनबाट सभापतिमा बालकृष्ण बस्नेत निर्वाचित भएका छन् ।
महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतसहित मोहनबहादुर बस्नेत निर्वाचित भएका छन् ।
महाधिवेशन प्रतिनिधिमा डा.प्रेमध्वज लामा, हरिशरण श्रेष्ठ, श्रवणकुमार जिसी ‘विनोद’, भोला बोहरा, राजेन्द्रकुमार श्रेष्ठ, विष्णुबहादुर खत्री, रामबहादुर लामा र जंगबहादुर लामा विजयी भएका छन् ।
पौडेल समूहका दोर्जे लामा ‘हाउडे’ मात्रै महाधिवेशन प्रतिनिधिमा चुनिएका छन् । कांग्रेसको महाधिवेशन प्रतिनिधिमा महिलाबाट लीलाकुमारी नेपाल, गेल्मु शेर्पा बुढाथोकी, शर्मिला घिमिरे खड्का र मसिना खड्का भण्डारी निर्वाचित भएका छन् ।
खस आर्यतर्फ युधिर पौडेल, रामकुमार थापा, आदिवासी जनजातितर्फ पासाङ नोर्बु शेर्पा, हिमालकुमार श्रेष्ठ, ङिमा जाङ्मु शेर्पा निर्वाचित भएका छन् ।
अल्पसंख्यक कोटाबाट भने प्रेम लामा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
केन्द्रीय सदस्य बस्नेतलाई महाधिवेशन प्रतिनिधि क्षेत्रबाट जितेर आउनु पर्दैन । बस्नेतले कार्यकर्ताबाट निर्वाचित भएर आउन वडाबाट कार्यकर्ता सरह निर्वाचित आएका छन् ।
पूर्वमन्त्री बस्नेत बिरामी भएर अस्पताल भर्ना भएका छन् । बस्नेत बिरामी भएको मौका छोपेर विभिन्न खेलकुद गर्ने प्रयास भए पनि असफल भएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया