काठमाडौं कांग्रेसको सभापतिमा गगन थापा निकटका बानियाँ विजयी
काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको सभापतिमा कृष्णसबुज बानियाँ निर्वाचित भएका छन् ।
बानियाँ नेता प्रकाशमान सिंह निकटका हुन् । बानियाँलाई सभापतिमा जिताउन गगन थापाले ठूलो सहयोग गरेका थिए ।
प्रकाशमान सिंहको मात्रै साथ लिएर बानियाँ सभापतिमा प्रतिस्पर्धा गरेको भए पराजित हुने पक्का थियो । गगनको समर्थनपछि बानियाँले जितेका हुन् ।
सोमबार बिहान प्राप्त अन्तिम मत परिणामअनुसार बानियाँले एक हजार ९ सय ५७ मत ल्याएर विजयी भएका हुन् । बानियाँ यसअघि पनि काठमाडौं कांग्रेसको सभापति थिए ।
सभापतिका अर्का उम्मेदवार उपेन्द्र कार्की पराजित भएका छन् । कार्कीले एक हजार ८९ मत ल्याएका थिए । कार्की सभापति शेरबहादुर देउवा निकटका हुन् । कार्कीलाई नेता कृष्णप्रसाद सिटौलानिकट नेता भीमसेनदास प्रधानको समर्थन थियो ।
काठमाडौंमा नेता सिंह–थापाको पकड छ । वडादेखि नै उनीहरू पक्षकाले अधिकांश स्थान जितेका थिए । काठमाडौंमा पराजित हुने डरले गर्दा नेता प्रकाशमान सिंहले गगन थापालाई साथमा लिएर हिँडेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया