सिटौलाले झापा कांग्रेसबाट खाता खोले, विश्वप्रकाशले तोरीको फूल देखे

दमक । नेपाली कांग्रेस झापाको सभापतिमा देउमान थेवे निर्वाचित भएका छन् ।

आइतबार सार्वजनिक भएको अन्तिम नतिजाअनुसार थेबेले १ हजार ७ सय ६५ मत पाएका थिए । सभापतिमा निर्वाचित थेबे नेता कृष्णप्रसाद सिटौला निकट मानिन्छन् ।

सभापतिमा राम कट्टेल पराजित भएका छन् । कट्टेलले १ हजार ५ सय १५ मत पाएका थिए । कट्टेल प्रवक्ता विश्वप्रकाश शर्मा निकटका हुन् । शर्मा उप–सभापति विमलेन्द्र निधि निकट मानिन्छन् ।

पदाधिकारीमा समेत सभापति थेबेको प्यानल निर्वाचित भएको छ । उप–सभापतिमा शेरबहादुर भट्टराई र केशवराज पाण्डे निर्वाचित भएका छन् ।

सचिवमा नवीन विमली र कृष्ण हुँमागाइँ तथा सह–सचिवमा कमल भण्डारी र कालेन्द्र राजवंशी निर्वाचित भएका छन् ।

झापा जिल्लामा नेता सिटौलाले एकलौटी कब्जा जमाएका छन् । प्रवक्ता शर्माले निधिका लागि चुरीफुरी देखाउन खोजे पनि पराजित भएका छन् । थेबेले झापामा सभापति जितेसँगै नेता सिटौलाले सभापतिमा खाता खोलेका छन् ।

Published : Sunday, 2021 November 28, 5:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया