सुर्खेतमा पौडेल समूहले सभापतिको उम्मेदवार नै पाएन, पोखरेल निर्विरोध
वीरेन्द्रनगर । नेपाली कांग्रेस सुर्खेतको जिल्ला सभापतिमा खड्क पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।
आइतबार पोखरेलको मात्रै सभापतिमा उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् । सभापतिमा निर्विरोध निर्वाचित भएका पोखरेल सभापति शेरबहादुर देउवा निकटका हुन् ।
रामचन्द्र पौडेल समूहले सभापतिमा उम्मेदावर नै नपाएपछि उम्मेदवारी दर्ता गराउने सकेन । सुर्खेत महामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्ला पर्छ ।
सुर्खेतमा पौडेल समूहका नेता केन्द्रीय सदस्य हृदयराम थानी छन् । थानीको हर्कतले गर्दा पौडेल समूहले सभापतिमा उम्मेदवार नै पाउन सकेन । देउवा समूहले सुर्खेतमा पौडेल समूहलाई निरिह बनाइदिएको छ ।
देउवा समूहबाट उप–सभापतिमा विष्णु खड्का र टोपबहादुर रावतले प्रतिस्पर्धा गर्दै छन् ।
सचिवमा देवकुमार सुवेदी र बालदीप कँडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
सह–सचिवमा हरि विष्ट र प्रकाश डिसीको उम्मेदवारी परेको छ ।
पौडेल समूहबाट उप–सभापतिमा टेकबहादुर सिंह र शोभा शर्मा, सचिवमा अनन्त पौडेल र जनकबहादुर रावलको उम्मेदवारी परेको छ ।
सह–सचिवमा भीमबहादुर शाही र लोकबहादुर पन्तले उम्मेदवारी दर्ता गराएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया