‘ईलाका तेरा, धामाका मेरा’भन्दै देउवाले रामचन्द्रको किल्ला भत्काइदिए

पोखरा । नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयीले शानदार जित निकालेका छन् ।

शनिबार निर्वाचत समितिद्वारा जारी भएको अन्तिम मतपरिणामअनुसार बराल ८० मतको अन्तरले विजयी भएका हुन् । बराल सभापति शेरबहादुर देउवा निकटका मानिन्छन् ।

नेता रामचन्द्र पौडेल समूहबाट सभापतिमा उम्मेदवारी दिएका सुदीपमोहन भट्टराई पराजित भएका छन् । सभापतिमा पराजित भएका भट्टराई निवर्तमान जिल्ला सचिवसमेत हुन् ।

सभापतिमा निर्वाचित बरालले ९९५ मत प्राप्त गरेका थिए । पराजित भट्टराईले ९१५ मत ल्याएको निर्वाचत समितिले जनाएको छ । शनिबार कुल २०८८ मध्ये १९२६ मत मात्र खसेको थियो ।

कास्की कांग्रेसमा शुक्रवार सभापतिका ५ जना प्रत्यासीबीच प्रतिस्पर्धा भएको थियो । जितका लागि आवश्यक पर्ने ५१ प्रतिशत मत कसैले ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान भएको थियो ।

बरालले कास्की कांग्रेसमा जित हासिल गरेसँगै सभापति देउवाको कास्कीमा उदय भएको छ । पौडेल समूहको कब्जामा रहेको कास्की कांग्रेसमा अब देउवा समूहले स्थान पाउनेछ । बराल पहिलो पटक कास्कीमा देउवा समूहबाट सभापति बनेर पौडेल समूहलाई चक्मा दिएका छन् ।

कास्कीमा पौडेल समूहले सधैँ देउवा समूहलाई पेलानमा राख्दै आएको थियो । पौडेलले कास्की कांग्रेसलाई आफ्नो सबैभन्दा सुरक्षित मान्दै आएका थिए ।

पौडेल समूह कास्की कांग्रेसमा सधैँ अनुदार थियो । देउवा समूहले पौडेल समूहले जस्तो अनुदारवादी चरित्र देखाउने छैन । सभापतिमा निर्वाचित बराल सबैलाई समेटेर हिँड्ने नेता हुन् ।

Published : Sunday, 2021 November 28, 9:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया