नवलपरासी कांग्रेसमा ‘मुन्ना’लाई कार्यकर्ताले सबक सिकाए, सभापति पोखरेलको प्यानलको शानदार जित

बर्दघाट । नेपाली कांग्रेस नवलपरासीको जिल्ला सभापतिमा अर्जुनकुमार पोखरेल विजयी भएका छन् ।

शनिबार प्राप्त अन्तिम नतिजाअनुसार पोखरेल सभापतिमा निर्वाचित भएका हुन् । पोखरेल नेता रामचन्द्र पौडेल समूह निकटका हुन् । पोखरेलले ७ सय ५६ मत पाएका थिए ।

पोखरेललाई पूर्वसांसदद्वय देवकरण कलवार र बिक्रम खनालको समर्थन थियो ।

पोखरेलसँग सभापतिमा पराजित मोहनप्रसाद शर्माले ५ सय ६१ मत पाएका थिए । शर्मा सभापति शेरबहादुर देउवा निकटका मानिन्छन् ।

शर्मालाई कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल ‘मुन्ना’ समूहको समर्थन थियो ।

उप–सभापतिमा विक्रमप्रसाद यादव र अनिल गौड निर्वाचित भएका छन् । सचिवमा कुलदीपप्रसाद आचार्य र उमेशचन्द्र यादव विजयी भएका छन् ।

सह–सचिवमा दीपक बराल र सन्तबहादुर गाहा निर्वाचित भएको निर्वाचन अधिकृत दीपक भट्टराईले जानकारी दिएका छन् ।

यसैबीच, नवलपरासी क्षेत्र नं. १ ‘क’को सभापतिमा बेदप्रसाद शर्मा र ‘ख’मा अनुरेश जैसवला निर्वाचित भएका छन् ।

क्षेत्र नं. २ ‘क’को सभापतिमा यामप्रसाद भुसाल ‘दीपक’ र ‘ख’को सभापतिमा रामचन्द्रप्रसाद केवट निर्वाचित भएका थिए ।

क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा मुकुलकुमार आचार्य र क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा माधव पाण्डे निर्वाचित भएका थिए ।

नवलपरासीमा केन्द्रीय सदस्य कँडेल कमजोर भएका छन् । कँडेलको हर्कतविरुद्ध पूर्वसांसदद्वय कलवार र खनालले नवलपरासीमा जबरजस्त जित दर्ज गराएका छन् ।

केन्द्रीय सदस्य कँडेलले लुम्बिनी प्रदेशको सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् । आफ्नै जिल्लामा टिम जिताउन नसक्ने कँडेलले प्रदेशको सभापतिमा दाबी गरेर कार्यकर्तालाई हँसाएका छन् ।

Published : Saturday, 2021 November 27, 5:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया