गिरिजा–सुशीलको विश्वासपात्र नेतृ मृदुलालाई शेखरले हराइदिए, मोरङका नेताहरू असुरक्षित
विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मोरङमा लामो समयदेखि राजनीति गर्दै आएका नेताहरूलाई हराइदिएका छन् ।
आफ्ना नातागोतालाई जिताउन शेखरले कांग्रेसका राम्रा र असल नेताहरूलाई महाधिवेशन प्रतिनिधिमै हराइदिएका हुन् । शेखरको यो हर्कत देखेपछि मोरङ कांग्रेसका नेताहरू सशंकित बनेका छन् ।
शेखरले आफ्नै घरकी बुहारीलाई जिताउन नेतृ मृदुला कोइरालालाई महाधिवेशन प्रतिनिधिमा हराएको चर्चा विराटनगरमा छ ।
शेखरकै टिमबाट मृदुला महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेकी थिइन् । बुहारीलाई जिताउनु पर्ने भएपछि शेखरले मृदुलालाई महाधिवेशन प्रतिनिधिमा हराइदिएको मोरङ कांग्रेसमा चर्चा छ ।
४५ वर्ष अगाडि नेतृ मृदुलाले विराटनगरको क्याम्पसबाट नेविसंघको उपाध्यक्ष बनेर सक्रिय राजनीति गरेकी थिइन् । कांग्रेस कोइराला परिवारकै नेतृ मृदुलालाई समेत हराउन सक्ने आँट राख्ने शेखरले अरु नेतालाई के गर्लान् भनेर प्रश्न उठेको छ ।
नेतृ मृदुलालाई स्व.गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको विश्वासपात्र थिइन् । कोइराला परिवारभित्रै यति ठूलो खेलकुद गरेपछि शेखरमाथि मोरङमा अविश्वास बढेको छ । शेखरसँग ‘हामी असुरक्षित छौं’ भनेर नेता कार्यकर्ताहरू चिन्तित बनेका छन् ।
कोइराला परिवार भनेर हिँडेका करीव २० जना नेताहरूलाई शेखरले मोरङमा महाधिवेशन प्रतिनिधिमा हराइदिएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया