सिलवाललाई सफाइ दिने एसएसपीले दण्ड पाए, सिंहलाई हटाएर गिरीलाई काठमाडौंको कमाण्ड
काठमाडौं । नेपाली प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरी प्रमुखको सरुवा गरेको छ ।
काठमाडौं प्रहरी प्रमुखमा एसएसपी सुदीप गिरीको सरुवा गरेको छ । गिरी यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा थिए ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहलाई भैरहवा विमानस्थल कार्यालयमा सरूवा गरिएको छ ।
एसएसपी सिंहको एक महिना अगाडि सरुवा भएको थियो । आफ्नो सरुवालाई राजनीतिक पावर लगाएर थमौती गरेका थिए । जति नै पावर लगाए पनि एसएसपी सिंहको सरुवा भएको छ ।
एमालेको निर्देशनमा काठमाडौंमा काम गरेको आरोप लागेका एसएसपी सिंहले तत्कालीन डीआईजी एवम् एमालेका सांसद नवराज सिलवाललाई कीर्ते काण्डमा सफाइ दिन प्रतिवेदन बनाएका थिए । सिंहकै कारण सिलवालले कीर्ते काण्डमा सफाइ पाएका छन् ।
यसैबीच, हेडक्वाटरले एसएसपी दीपक थापाको पनि सरुवा गरेको छ । थापालाई तालिम शाखामा सरूवा गरिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया