कम्युनिस्टसँग हारेका शेखरले क–कसलाई पंगु बनाए ?
काठमाडौं । आफ्नो पक्षमा प्रचार–प्रसार गर्न माहिर मानिएका नेपाली कांग्रेसका नेता शेखर कोइरालाले महामन्त्री शशांक कोइरालाले आफूलाई सभापतिमा सहयोग गरेको भनेर समाचार लिक गराएर केही पत्रकारहरूलाई पंगु बनाएका छन् ।
काठमाडौंको बसुन्धरास्थित आफ्नै निवासमा शेखरले शशांकलाई मंगलबार बोलाएर कुरा गरेका थिए । कुरामा सभापतिका विषयमा कुरा भएको शशांकले बताएका छन् । सुजाता कोइरालालाई शेखरले बोलाए पनि उनी आइनन् ।
शेखरले आफूलाई सभापतिमा शशांकले समर्थन गरेको जस्तै गरेर समाचार लेखाएका छन् । शेखर कोइराला निकट मानिने केही पत्रकार र अनलाइनहरूले शेखरको पक्षमा सभापतिमा शशांकले छाडे जस्तै गरेर सूचना दिएपछि खैलाबैला भएको छ । शशांकले सभापतिमा शेखरलाई समर्थन गरेका छैनन् ।
प्रतिनिधि सभाको निर्वाचनमा एमालेका लालबाबु पण्डितसँग ६७५ मतअन्तरले पराजित भएका शेखरले सभापतिमा दाबी गरिरहेका छन् ।
प्रतिनिधि सभा निर्वाचन जित्न नसक्ने शेखरले कांग्रेसलाई कसरी नेतृत्व गर्लान् र ? प्रश्न उठेको छ । एमालेसँग हरुवा नेताले कांग्रेस चलाउन सक्छु भनेर गफ दिएको भन्दै आलोचना भएको छ ।
बरु शशांकले सभापतिमा दाबी गर्नुलाई स्वभाविक मानिएको छ । शशांक अहिलेसम्म पराजित भएका छैनन् । वीपी कोइरालाका छोरा भएका कारण पनि शशांकमा राजनीतिक संस्कार शेखरमा भन्दा अलिक धेरै छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया