तीन वर्षमै ‘बार्दली’ पुगेका ओलीले कांग्रेसलाई औकात देखाए
धनकुटा । झण्डै दुईतिहाइको बहुमत हुँदा पनि सत्ताबाट च्युत भएका एमाले अध्यक्ष खड्गप्रसाद ओलीले कांग्रेसलाई थोत्रो पार्टी भनेर टिप्पणी गरेका छन् ।
अहँकार र असक्षमताका कारण साढे तीन वर्षमा सत्ता गुमाएका ओलीले नेकपा र एमालेलाई बचाउन सकेनन् । दुबै पार्टी दुई टुक्राएका छन् ।
आफ्नै पार्टी टुक्रिनबाट बचाउन नसक्ने ओलीले कांग्रेसलाई थोत्रो पार्टी भनेपछि कांग्रेसका नेता कार्यकर्ताहरू रिसाएका छन् ।
सोमबार धनकुटामा आयोजित कार्यक्रममा ओलीले आफ्नो दुईतिहाइको सरकार ढालेर कांग्रेसको पछि लागेको भन्दै तत्कालीन नेकपाका नेताहरूको आलोचना गरेका छन् ।
‘नेपाली कांग्रेस थोत्रो पार्टी भइसक्यो । नेपाली कांग्रेसको पछि लाग्ने कस्तो होलान् विचार गर्नुस् त’, ओलीले भने, ‘आफ्नो दुईतिहाइको सरकार ढालेर बुढो कांग्रेसका पछि लागेर सरकारमा सामेल हुने कस्तो बुद्धि होला तिनीहरूको ?’
एमाले प्रवेश गरेका नेताहरूलाई पछुताउने अवस्था नआउने अध्यक्ष ओलीले बताएका छन् ।
आफ्नै अहँकार र घमण्डले बालुवाटारबाट सत्ताच्युत भएका ओली भक्तपुरको बालकोटस्थित आफ्नै निवासको बार्दलीबाट दल र नेताहरूको आलोचना गरेका थिए । धनकुटा पुगेर पनि ओलीले आफ्ना विरोधीहरूको आलोचना गर्न भ्याएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया