माधवले दिए ओलीको औकात देखिने गरी जवाफ, एमालेभित्र खैलाबैला
काठमाडौं । एमालेले आफ्नो १०औँ राष्ट्रिय महाधिवेशनमा नेकपा (एकीकृत समाजवादी)लाई निमन्त्रणा नगर्ने भएको छ ।
एमालेबाट विभाजन भएर बनेको नेकपा एसलाई चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा बोलाइएको छैन । एमालेका नेताहरूले नेकपा एसलाई निम्तो नपठाउने बताएका छन् ।
नेकपा एसका नेताहरूले पनि एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा आफूहरू पनि नजाने बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका नेकपा एसका नेता विराध खतिवडाले एमालेले निम्तो पठाए पनि आफूहरू नजाने बताए ।
एमालेका अध्यक्ष केपी ओलीले नेकपा एसलाई मान्यता दिएका छैनन् । नेकपा एसको नाम ओलीले कहिल्यै पनि लिएका छैनन् । ओलीले नै नेकपा एसलाई राष्ट्रिय महाधिवेशनमा निम्तो नपठाउन निर्देशन दिएका हुन् ।
एमालेबाट विभाजन भएर बनेको नेकपा एसले आफ्ना गतिविधिलाई एमालेविरुद्ध केन्द्रित बनाउँदै आएको छ । एमालेले पनि नेकपा एसलाई कुनै पनि ठाउँमा अवसर नदिने रणनीति बनाएको छ ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि एमाले पार्टीले कम्युनिस्टको सिद्धान्त छाडिसकेको आरोप लगाउँदै आएका छन् । उनले ओलीलाई अवसरवादी चरित्र भएको नेताको संज्ञा दिने गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया