आफ्नै समर्थकहरूबीच पूर्वतिर हातहालाहाल भएपछि जिल परे ओली
इटहरी । सुनसरी जिल्लामा एमालेभित्र नेताहरूबीच घम्साघम्सी भएको छ ।
विवाद समाधान गर्न बुधबार आयोजना गरिएको कार्यक्रम भाँडिएको छ । नेताहरूका बीच झण्डै हातहालाहालको अवस्था सिर्जना भएको थियो ।
इटहरी उप–महानगरपालिकाका मेयर तथा एमालेका पूर्व जिल्ला अध्यक्ष द्वारिकालाल चौधरीले मञ्चको माइक खोसेपछि कार्यक्रम स्थगित भएको छ ।
२०७५ जेठ २ अगाडिको अध्यक्ष आफू भएको भन्दै चौधरीले माइक निकालेका थिए । त्यसपछि भाँडभैलो भएको थियो ।
आफूले कार्यबहाक दिएका रमेश बस्नेतले कार्यक्रम बहिस्कार गर्ने र केन्द्रले तोकेका अध्यक्ष रेवतीरमण भण्डारीले पनि अध्यक्षता नगर्ने भएपछि आफूले अध्यक्षता गर्न पाउनुपर्ने चौधरीको माग छ ।
अध्यक्ष भनिएका भण्डारी र कार्यबहाक अध्यक्ष बस्नेत दुवैले अध्यक्षता नगर्ने तर, केन्द्रको नेताले हस्तक्षेप गर्ने कार्य जायज नभएको बताएका छन् ।
जेठ २ मा फर्कने भए बस्नेत नभएर भण्डारीले अध्यक्षता गर्नुपर्ने उनको भनाई छ ।
जिल्ला परिषदको अध्यक्ष भएको हिसाबमा आफूले गर्न पाउनुपर्छ भन्ने माग राख्दै उनले विरोध जनाएका हुन् ।
इनरुवामा आयोजित कार्यक्रमको केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज धर्म निरौलाले अध्यक्षता गरेका थिए ।
कार्यबहाक अध्यक्ष रहेका बस्नेतले भने कार्यक्रम बहिस्कार गरेका छन् । उनले पनि पार्टी विधि र पद्धति अनुसार नचलेको भन्दै एकताको लागी आयोजना गर्ने भनिएको कार्यक्रम बहिस्कार गरेका छन् ।
दुवै पक्षको सहमतिमा प्रदेश सदस्य खेमराज पोखरेललाई जिल्ला संयोजक बनाउने गरी सहमति भएको थियो ।
एमालेका अध्यक्ष खड्गप्रसाद ओलीका कारण विभाजन भएको एमालेभित्र सुनसरीमा समेत लामो समयदेखि विवाद छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया