यी हुन् कांग्रेसका दानवीर नेता, तिहारमा गरिवको घरमा खुसी ल्याइदिए
हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर कांग्रेसका सभापति इन्द्रबहादुर बानियाँले ४ सय घर परिवारलाई तिहारका बेला खाद्यान्न वितरण गरेका छन् ।
नेता बानियाँले अति विपन्न जनतालाई तिहारमा पेटभरी खान मिलोस भनेर खाद्यान्न वितरण गरेका हुन् । तिहार घर–घरमा प्रवेश गरिसकेका बेला मकवानपुर जिल्लाको गढी गाउँपालिका– ८ का जनतालाई तनावले सताएको थियो ।
नेता बानियाँले बुधबार ४ घर परिवारलाई खाद्यान्न बितरण गरेको उनका निजी सचिव मिलन पुडासैनीले जानकारी दिएका छन् ।
नेता बानियाँले १ बोरा चामल र १ प्याकेट नुन उपलब्ध गराएका छन् । उनले बेलाबेला अति विपन्न जनतालाई खाद्यान्न सहयोग गर्दै आएका छन् ।
Published : Wednesday, 2021 November 3, 10:09 pm
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया